ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितालाई ब्रान्डिङ गर्दै बुटवल

८ असार २०८२, आइतबार
८ असार २०८२, आइतबार

बुटवल, ८ असार ।

बुटवल उपमहानगरपालिकाले विद्यालयस्तरमै नेपाली लोकसंस्कृति संरक्षण र विद्यार्थीको प्रतिभा उजागर गर्ने उद्देश्यसहित विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितालाई संस्थागत गर्दै ब्रान्डिङ कार्यक्रमको रूपमा सञ्चालन गर्न थालेको छ । उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका ‘बा–आमासँग नगर प्रमुख’, ‘विद्यालयस्तरीय क्रिकेट’, ‘छात्रा फुटबल प्रतियोगिता’ लगायतका कार्यक्रमहरू मध्ये लोकनृत्य प्रतियोगिता सांस्कृतिक जागरणको महत्वपूर्ण पहल भएको नगरप्रमुख खेलराज पाण्डेयले बताए ।

विगतका वर्षहरुमा विभिन्न संघसंस्था, क्लबहरुबाट विद्यालयस्तरीय प्रतियोगिता आयोजना हुँदै आएकोमा पछिल्लो समय स्थानीय सरकारबाट पहल सुरु भएको हो । यो भन्दा पहिला एउटै समूहमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयलाई प्रतिस्पर्धा गराइएकोमा दोस्रो संस्करणमा भने संस्थागत विद्यालय र सामुदायिक विद्यालयको छुट्टा–छुट्टै प्रतिस्पर्धा गराइएको थियो ।

नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउन बालबालिकाको क्षमता विकास तथा प्रदर्शनका कार्यक्रमहरुमा जोड दिएको बताए । उनले लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तर्गत लोकनृत्य प्रतियोगिता आयोजना गरेको बताए । उपप्रमुख सावित्रा अर्यालले बुटवलको शैक्षिक विकासका लागि सैद्धान्तिक मात्र नभई व्यावहारिक शिक्षालाई समेत जोड दिएर यी र यस्ता प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन् ।

विद्यार्थीका समूह सहभागी भएमा उनीहरुलाई सहभागिताको लागि लागेको खर्च पनि नगरपालिकाले व्यवस्था गर्दै आएको छ । विद्यार्थीहरुले प्रयोग गरेका पोशाक भाडा सहित खाजा बापतको ५ हजार रुपियाँ सहभागी सबैलाई दिदै आएको छ । प्रतियोगितामा प्रथम हुने समूहले नगद ७५ हजार, दोस्रोले ५० हजार र तेस्रो हुने टिमले नगद २५ हजार रुपैयाँ पाउने छन् । बुटवल उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना हँुँदै आएको छ ।

पहिलो संस्करणको विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सामुदायिक विद्यालयतर्फ कान्ति मावि बुटवल र संस्थागततर्फ एभरेष्ट मावि बुटवल सुख्खानगरका विद्यार्थीहरुले प्राप्त गरेका थिए । प्रथम लोकनृत्य प्रतियोगिता एभरेष्ट माविले जितेको थियो । ६५ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिताको उपाधिसँगै एभरेष्टले १ लाख नगद पुरस्कार, शिल्ड, प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा बुटवलका ४४ वटा विद्यालय सहभागी थिए ।

प्रतियोगितामा नवीन औद्योगिक मावि दोस्रो हुँदै ६० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो । न्यू होराइजन मावि र अक्सफोर्ड मावि तृतीय भए । उनीहरुले नगद २५ हजार सहित शिल्ड, प्रमाणपत्र प्राप्त गरेका थिए । दोस्रो पटक बुटवलमा आयोजना गरिएको नगरस्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ कान्ति मावि “ख” समूहले उपाधि हात पारेको थियो । झुमडा नाँचमा लोक नृत्य प्रस्तुत गरेको उक्त विद्यालयले प्रतिस्पर्धामा रहेका अन्य २७ समूहलाई पछि पार्दै विजेता बन्न सफल भएको थियो ।

उपाधिसँगै उक्त समूहले नगद ७५ हजार पुरस्कार राशी प्राप्त गरेको छ । यसैगरी सिद्देश्वर लालकुमारी मावि दोस्रो हुन सफल भएको छ । साकेला नाच प्रस्तुत गरेको उक्त विद्यालयले नगद ५० हजार पुरस्कार राशी प्राप्त गरेको थियो । प्रतियोगितामा कौडा नाच प्रस्तुत गरेको नवीन औद्योगिक कदरबहादुर रिता मावि “ख” समूहले तृतीय स्थान हासिल गर्दै नगद ३५ हजार पुरस्कार राशी प्राप्त गरेको छ ।

प्रतियोगितामा सहभागी भवानी मावि र नवीन औद्योगिक कद्दरबहादुर रिता मावि “क” समूहले सान्त्वना स्थान हासिल गर्दै समान २५ हजार नगद राशी पुस्कार प्राप्त गरेका छन् । यी दुबै समूहले झुमडा नाच प्रस्तुत गरेका थिए । संस्थागत विद्यालयतर्फ भने एभरेष्ट मावि बुटवले उपाधि जितेको थियो । समाजको सांस्कृतिक समृद्धिको जीवित प्रमाणको रुपमा रहेको लोक संस्कृतिलाई जगेर्ना गर्न र अहिलेका पिंढीलाई लोक संस्कृतिको जानकारी दिन नृत्य गर्न लागिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ । प्रतियोगिताबाट विद्यालयस्तरमा लोक परम्परा, नेपालीको लोक भाका र साहत्यि सम्बन्धी जानकारी समेटिएका गीतमा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?