ट्रेंडिंग:

>> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य

विद्यालय र विद्यार्थी जोड्दै ‘नगरप्रमुख शैक्षिक विकास कार्यक्रम’

४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

बुटवल, ४ असार ।

बुटवल उप–महानरपालिकाले विद्यालय र विद्यार्थीलाई समेट्ने गरी दुई वटा कार्यक्रम सञ्चालन गरेको छ । नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम मार्फत विद्यार्थीहरुको शैक्षिक सुधारको लागि विभिन्न शीर्षककमा काम भैरहेको छ भने नगर प्रमुख शैक्षिक विकास कार्यक्रम’ अन्तर्गत पालिकाभित्र रहेका विभिन्न विद्यालयहरुको भवन निर्माणदेखि लिएर विद्यालयको लागि आवश्यक अन्य सामग्रीहरु समेत उपलब्ध गराउँदै आएको छ ।

बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार विद्यार्थीहरुको गुणस्तरीय शिक्षा सबैको पहुँचमा पु¥याउन विद्यालय पूर्वाधार विकास कार्यक्रम, स्थानीय पाठ्यक्रम पुनर्निर्माण तथा संशोधन, क्याम्पस पूर्वाधार विकास कार्यक्रम लगायत विद्यालय तथा क्याम्पसहरूको भौतिक तथा शैक्षिक विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिएको छ । उनका अनुसार चालु आर्थिक बर्षमा मात्रै उपमहानगरको आन्तरिक स्रोतबाट मात्रै शिक्षामा साढे आठ करोडभन्दा बढी बजेट छुट्टयाइएको छ ।

बुटवलले प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्स्टिच्युटमा सिभिल इन्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ । बुटवल १६ मा कृषिविज्ञान (बिएससिएजी) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

बुटवल उपमहानरपालिका आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा समेटिएको थियो –‘ असहाय र विपन्न वर्गलाई विद्यालयमा नियमित गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने नीति अगाडी बढाउने छ ।’ सोही अनुसार उक्त बर्षको बजेट बजेट पनि विनियोजन गरियो । जस अनुसार हाल सम्म बुटवल उपमहनारपालिबाट सहयोग प्राप्त गरेका छन् ।

नगरपालिकाले गरेको शिक्षा क्षेत्रको असल अभ्यास मध्ये नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरेको छ । जस अनुसार असहाय तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ति, पोशाक र शैक्षिक सामग्री प्रदान गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो । जसले शिक्षामा समावेशिता र समान अवसर सुनिश्चित गरेको हो । ‘शिक्षामा अब्बल, हाम्रो बुटवल’ नारालाई सार्थक बनाउनको लागि नगर प्रमुख शैक्षिक विकास कार्यक्रम अन्तर्गतका विद्यालयहरुमा भौतिक र शैक्षिक सुधारका लागि खर्च गरिएको हो । नगर पालिकाका शिक्षा अधिकृत यादवचन्द्र विष्टका अनुसार नगरप्रमुख शैक्षिक सुधार कोष मार्फत चालु शीर्षकमा कुनै पनि विद्यार्थीले कुनै विशेष विधामा अनुसन्धान गर्न चाहेमा पनि कोषबाट सहयोग गरिदै आएको छ । विद्यार्थीहरुको प्रतिभा पहिचानदेखि लिएर प्रतिभा प्रस्फुटनको लागि काम गर्दै आएको शिक्षा अधिकृत विष्टले जानकारी दिए । उनले भने–‘यो चालु शिर्षक अन्र्तगत राखिएको कोष हो, यसबाट अन्य कुनै निकायमा शैक्षिक कार्यक्रममा रमक अभाव भएछ व्यवस्था गर्नको लागि समेत यसले सहयोग गर्दै आएको छ ।’

विद्यालय स्तरमा आयोजना हुने विभिन्न गतिविधिमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन सहित, भौतिक सामग्रीको समेत व्यवस्थापन कोषबाट हुँदै आएको छ । खासगरी भौतिक विकास संगगै शैक्षिक विकासमा यसले जोड दिएको बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेय बताउँछन् । उनी भन्छन्–‘पाठ्क्रम वाहेकका सीप, संस्कार, सस्कृति, खेलकुद, नेतृत्वविकास तथा क्षमता अभिवृद्धि कार्यक्रम समेत यहाँबाट सञ्चालन गरिएका छन् ।’

बुटवल र यस आसपासबाट उत्पादन भएको दक्ष जनशक्तिलाई स्वदेश र अन्तर्राष्ट्रिय बजारमा समेत पूर्ण प्रतिष्पर्धा गर्न सकिने खालको जनशक्ति उत्पादन गर्ने योजना सहित बुटवल उपमानरपालिका लागिपरेको नगर प्रमुख पाण्डेयको भनाई छ ।

गत बर्ष बुटवल उपमहानरपालिकाले नीति तथा कार्यक्रममा “बुटवल उपमहानगर, गुणस्तरीय शिक्षामा समान अवसर” भन्ने परिकल्पनालाई सार्थक बनाउन नगरप्रमुख शैक्षिक विकास कार्यक्रम सञ्चालन गरी विद्यालयहरुको शैक्षिक स्तरलाई वृद्धि गर्ने लक्ष्य लिएको थियो ।

बालविकास केन्द्रहरूलाई बालविकास सम्बन्धी न्यूनतम मापदण्ड निर्धारण गरी बाल मनोविज्ञान अनुरूप सुरक्षित र सुविधा सम्पन्न बनाइने, आधारभूत तथा माध्यमिक विद्यालयहरूलाई न्यूनतम मापदण्ड अनुरूप भौतिक तथा शैक्षिक पूर्वाधार सम्पन्न बनाउने, सबै विद्यालय परिसरलाई बालमैत्री, छात्रामैत्री र अपाङ्गमैत्री बनाउने लक्ष्य लिएको थियो । जस अनुसार अहिले ४ वटा वडा बालमैत्री शासनयुक्त वडा बनाउने गरी काम भैरहेको छ ।

आधारभूत शिक्षालाई विद्यार्थी प्रतिभा पहिचान र माध्यमिक शिक्षालाई विद्यार्थी प्रतिभा विकासको नीति लिएको छ, अपाङ्गता भएका बालबालिकाहरूका लागि विशेष शिक्षाको व्यवस्था गर्न विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरी आवश्यक कार्यक्रम सञ्चालन गरिएको छ ।

यस्तै माध्यमिक विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षाको पहुँचमा विस्तार गरी स्वरोजगार सिर्जना गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिने नीति लिएको थियो ।

सबै सामुदायिक विद्यालयहरूलाई पूर्ण प्रविधियुक्त बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गरी शिक्षामा सूचना तथा सञ्चार प्रविधि र कम्प्युटर शिक्षाको प्रयोगलाई विशेष जोड,न्यूनतम मापदण्डका आधारमा संस्थागत विद्यालयहरुको वर्गीकरण गरी न्यूनतम मापदण्ड बमोजिम सञ्चालन गर्न व्यवस्था मिलाउने, नगरको शैक्षिक पाठ्यक्रमलाई भौगोलिक पहिचानसहित नैतिक र व्यवहारिक ज्ञान तथा विभेदपूर्ण व्यवहार न्यूनीकरण गर्न आवश्यकताअनुसार परिमार्जन गरी कक्षा निर्धारण गरिने निति नगरपालिकाको रहेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत भौगालिक रूपमा पछाडि परेका तथा विपन्न परिवारका बालबालिकाहरूलाई विद्यालयसम्म पहुँच विस्तार गर्न निःशुल्क पोशाकको व्यवस्था गरिएको छ ।

संस्थागत एवं सामुदायिक विद्यालयहरुका शिक्षक कर्मचारीहरुको क्षमता विकास गरी शैक्षिक स्तर सुधार गर्न जोड,विद्यालयहरुमा कायम रहेको दरबन्दी र आवश्यक दरबन्दीबारे अध्ययन गरी दरबन्दी मिलान तथा समायोजन गरिएको छ । जसको लागि हाल सूचना प्रकाशन गरी काम अगाडि बढाएको हो । नगरको शिक्षा क्षेत्रको उन्नयनमा समान भूमिका हुने गरी सामुदायिक र संस्थागत विद्यालयहरुलाई प्रोत्साहन, विद्यालयहरुले प्रदान गर्ने छात्रवृत्ति र सहुलियतलाई प्रभावकारी बनाउन आवश्यक संयन्त्र निर्माण गरी एकद्वार प्रणालीमार्फत वितरण गर्ने व्यवस्था गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?