ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
रुपन्देही–५

घिमिरेको मेयर हुँदै संसद यात्रा

९ मंसिर २०७९, शुक्रबार
९ मंसिर २०७९, शुक्रबार

बुटवल, ९ मंसिर ।

तीन पटक सम्म चुनाव जितेका नेपाली काग्रेसका भरत कुमार शाहलाई फराकिलो मन्तरले हराउदै रुपन्देही ५ मा नेकपा एमालेका नेता बासुदेव घिमिरे विजयी भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई देशकै नमुना नगरको रुपमा पहिचान दिलाउन सफल भएका घिमिरले आफ्नो क्षेत्र भन्दा पनि पश्चिम चुनौतिको रुपमा रहेको निर्वाचन क्षेत्रमा गएर लोकप्रिय मत सहित विजयी यात्रा सुरुवात गरेका हुन् ।

उनले काँग्रेस नेता शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन् । एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरे । शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिएका थिए ।

सफल मेयरको रुपमा पहिचान बनाएका उनलाई चुनाव भन्दा पहिला प्रदेश सांसदको रुपमा समेत आउने हेरिएको थियो । पार्टीभित्रको आन्तरिक द्वन्द्वका बीचमा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले समेत सोही क्षेत्रबाट उम्मेद्वारी दिएका थिए । यद्यपि उनले निर्वाचन आयोगको नियम भन्दा बाहिर उम्मेदवारी दिएपछि वासुदेव घिमिरेको उम्मेद्वारी पहिले दर्ता भएकै कारण आधिकारिता रहेको थियो ।

खिमलाल खेमाका कतिपय व्यक्तिहरुले असहयोग गरेको आरोप लागेकै बेला घिमिरेले कडा मिहिनेत, जनताको साथ सहित लोकप्रिय मत सहित विजयी भएका हुन् । यसैबीच रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ मा जित निकालेका नेकपा एमालेका वासुदेव घिमिरे तथा प्रदेशसभा १ मा विजेता एमालेकै भूमिश्वर ढकालको विजयी ¥याली निकालिएको छ । सैनामैना नगरपालिका वडा नं. ६ स्थित कलौनीबाट निस्किएको ¥याली निर्वाचन क्षेत्रका चोकचोकमा पुगेको थियो ।

स्थानीय बासिन्दाले विजयी उम्मेदवारहरुलाई अबिर माला लगाएर भव्य स्वागत गरेका थिए ।
रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकालले १९ हजार ७८ मत ल्याएका छन् । उनका निकटतम् उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याएका थिए । जनमत पार्टीका अनुरागनाथ शुक्लको ८ हजार ७ सय ३८ मत छ । ढकाल यसअघि पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

को हुन घिमिरे ?

प्रतिनिधिसभा सदस्य पदमा रुपन्देही क्षेत्र नं. ५ बाट विजयी भएका वासुदेव घिमिरे रुपन्देहीको तिलोत्तमा नगरपालिकाको निवर्तमान नगर प्रमुख हुन् । नयाँ नगरपालिका भएर पनि उनको नेतृत्वमा भएका कामका कारण तिलोत्तमा मुलुककैं उत्कृष्ट नगरपालिकाको रूपमा स्थापित छ । तिलोत्तमा नगरपालिका वडा नं. ४ स्थायी ठेगाना भएका घिमिरेको जन्म वि.सं. २०२५ असार २६ गते गुल्मीको बडागाऊँ (हाल मुसिकोट नगरपालिका) मा भएको हो । बुबा स्व. छायादत्त र आमा भीमादेवीको कोखबाट जन्मिएका चार भाई मध्ये वासुदेव साइँला हुन । उनका तीन दिदीबहिनी छन् ।

सुरुवाती शिक्षादिक्षा गुल्मीको मैदान स्थित पृथ्वी माविमा भएको थियो । घिमिरे परिवार वि.सं. २०४० सालमा रुपन्देहीको शंकरनगर ड्राइभरटोलमा बसाईसराई गरेपछि उनले शान्ति माविमा पढेर एसएलसी सोही विद्यालयबाट उत्तीर्ण गरेका हुन् । बुटवलको वाणिज्य क्याम्पसबाट स्नातक तहको औपचारिक अध्ययन पूरा गरेका उनी शान्ति घिमिरेसँग बैवाहिक लगनगाँठोमा बाँधिएका बासुदेवका दुई छोरी र एक छोरा छन् । ममतामयी माता भीमादेवी ९२ वर्षीया छिन् ।

बासुदेव राजनीतिक यात्रामा २०४४ सालबाट जोडिएका हुन् । २०४८ मा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरेका घिमिरेले पार्टीको साविक शंकरनगर गाउँ कमिटी सचिव भएर दुई कार्यकाल पूरा गरेका थिए । ईलाका सचिव हुँदै क्षेत्रीय अध्यक्ष तथा रुपन्देही जिल्ला कमिटीमा तीन कार्यकाल सदस्य भएर काम गरेको अनुभव छ । हाल उनी पार्टीको प्रदेश कमिटी सदस्य तथा केन्द्रीय स्थानीय तह विभाग सदस्य छन् । । युवा संघको गाउँ कमिटी हुँदै दुई पटक जिल्ला अध्यक्ष बनेका घिमिरे एक कार्यकाल केन्द्रीय सदस्यको भूमिकामा रहेर काम गरेका थिए ।

विभिन्न संघ–संस्थाहरुको कुशल व्यवस्थापन गरेको अनुभव समेत उनीसँग छ । दुई कार्यकाल तत्कालीन मिसन डेभलपमेन्ट बैंकको अध्यक्ष, विभिन्न कलेज तथा विद्यालयहरुको अध्यक्ष रहेका घिमिरेलाई सरकारी कार्यालय तथा विभिन्न आयोजनामा काम गरेको अनुभव समेत छ । घिमिरे श्रमप्रति उच्च सम्मान र विश्वास गर्दछन् । सरलता, सबैलाई मिलाएर लैजान सक्ने, निर्णय क्षमता निपूर्णता उनका विशेषता हुन् ।

घिमिरेले चीन, स्वीटजरलेण्ड, फ्रान्स, जर्मन, कोरिया, नेदरलेण्ड, सिंगापुर, मलेसिया, थाइलेण्डलगायतका विभिन्न २० मुलुक भ्रमण गरेका छन् । पाँच वर्षमा घिमिरेको नेतृत्वमा तिलोत्तमामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रुपान्तरणको क्षेत्रमा थुप्रैं रचनात्मक कामहरु भए । तिलोत्तमाले गरेका कतिपय काम राष्ट्रिय रुपमैं चर्चामा मात्र रहेनन्, अन्य पालिकाहरुको लागि सिकाई समेत बन्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?