ट्रेंडिंग:

>> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

प्यारामाउण्ट क्रिकेट लिगको उपाधि प्यारामाउण्ट किङसलाई

३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार

बुटवल, ३१ जेठ ।

प्यारामाउण्ट क्रिकेट लिग—२०८२ को उपाधि प्यारामाउण्ट किङसले जितेको छ । प्यारामाउण्ट गोर्खाजलाई १३ रनले हराउँदै प्यारामाउण्ट किङसले लिगको पहिलो संस्करण आफ्नो पोल्टोमा पार्न सफल रह्यो ।  भैरहवास्थित सिद्धार्थ रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको प्यारामाउण्ट किङसले निर्धारित २० ओवरको खेलमा ४ विकेटको क्षतिमा १२४ रनको मध्यम योगफल तयार पारेको थियो । १२५ रनको टार्गेट पछ्याएको प्यारामाउण्ट गोर्खाजले १८ औँ ओवरमा अलआउट हुनुअघि १११ रन मात्र बनाउन सक्यो ।

किङसको जीतमा विश्वास थापाले महत्वपुर्ण २९ रन जोडे भने, सन्देश पन्थिले २४, विक्की सुनारले नकआउट २४ तथा आर्यन भण्डारीले १६ रन बनाए । गोर्खाजका लागी नितिन शर्माले ३ र आरिफ अहमदले १ विकेट लिएपनि हार टार्न सकेनन । १२५ रनको लक्ष्य पछ्याएको गोर्खाजका लागी अर्पन तिमिल्सिनाले २९, सागर गैरेले १८ तथा रोशन बस्यालले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सझनालायक प्रर्दशन गर्न सकेनन । प्रतियोगितामा विजयी टोली किङसको तर्फबाट अलराउण्डर प्रद्र्धशन गरेका सन्देश थापा “म्यान अफ दी म्याच” घोषित भए ।

प्रतियोगितामा किङस कै नन्दलाल चाई बेष्ट ब्याट्सम्यान घोषित भए भने, गोर्खाजका समुन्द्र गौतम बेष्ट बलर तथा उपाधि विजेता किङसका टिम क्याप्टेन सन्देश पन्थी म्यान अफ दी सिरिज भए । समापन कार्यक्रममा प्रतियोगिताको विजयी टोली प्यारामाउण्ट किङसलाई नगद रु १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरे भने उपविजेता टोली प्यारामाउण्ट गोर्खाजलाई नगद रु १० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ । समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकाका उपप्रमुख उमा अधिकारीले नेपाल मै पहिलो पटक अक्सनबेसमा आधारित प्रतियोगिता गरेर प्यारामाउण्ट माविले ग्रास रुट क्रिकेटमा नयाँ अध्यायको सुरुवात गरेको बताए ।

कार्यक्रममा बोल्दै प्यारामाउण्ट माविका संस्थापक प्राचार्य डा दामोदर भुषालले अक्सनमा आधारित प्यारामाउण्ट क्रिकेट लिगलाई हरेक वर्ष निरन्तर रूपमा सन्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । पुरस्कार वितरण समारोहमा क्यानका पूर्व सचिव प्रशान्त विक्रम मल्ल, रुपन्देही क्रिकेट सङ्घका पदाधिकारी, प्यारामाउण्ट क्रिकेट कमिटीका अधयक्ष गोपाल ज्ञवाली एवँ अन्य पदाधिकारी, विद्यार्थी तथा खेलाडी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?