ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

बुटवलको नीति तथा कार्यक्रमः प्राथमिकतामा ‘शिक्षा क्षेत्र’

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

बुटवल, ३० जेठ ।

गत वर्ष नीति तथा कार्यक्रममा शिक्षालाई मुख्य प्रथमिकता दिदै ल्याएको बुटवलले यो बर्ष पनि शिक्षा क्षेत्रलाई मुख्य प्राथमकिता दिएर नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । गत वर्ष नगरसभाको १५ औ अधिवेशनमा बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएका थिए ।

बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्नयोग्य सहर बनाउने मूल ध्येय रहेको र सोही अनुसारको नीति तथा कार्यक्रममा उपमहानगरपालिकाले योजना बनाएर लागेको छ ।

नीति तथा कार्यक्रममार्फत बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, उद्योग, व्यापार जस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीतिको रुपमा अगाडि सारेको थियो ।

आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने गरी अहिले काम भैरहेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए । उनका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने दिने गरी काम हुने छन् ।

उनले बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट निर्माण गर्ने बताए । उनले बुटवललाई समृद्ध बनाउनका लागि बुटवल उपमहानगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताए । ‘स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्था र सबै नगरबासीको उत्तिकै दायित्व रहन्छ, उनले भने–यसमा नगरले सधै सबैको साथ र सहयोगको अपेक्षा गर्दै आएको छ ।’

तीन वर्षको अवधिमा भए गरेका कामहरुको समीक्षा गर्दै बाँकी अवधिमा बुटवलको हित र पक्षमा काम गर्ने उनले बताए । ‘हामीले कार्यभार सम्हालेको ३ वर्षको समीक्षा गर्दै बाँकी अवधिमा पनि बुटवललाई सबल र समृद्ध बनाउने गरी काम गर्ने छौं, उनले भने–यसमा सबैको साथको जरुरी छ ।’

प्रमुख पाण्डेयले विकास निर्माणका काममा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वय जरुरी रहने भएकाले बुटवलको विकासमा सबैको उत्तिकै भूमिका रहने बताए । ‘नभएका काममा मात्रै बुटवलले गरेन भन्ने तर जे जति काम भएका छन् त्यसमा बुटवलको भूमिकै छैन जसरी विचार निर्माण गर्न भएन, उनले भने–बुटवलले आफ्नो तर्फबाट गर्ने काममा सधै प्राथमिकता दिएको छ ।’ ३ वर्षको कार्यकालका मुख्य मुख्य उपलब्धिहरुलाई समेटेर बुटवल दर्पण प्रकाशन गरेको बताउँदै उनले चालु आर्थिक वर्षमा जारी रहेका कामहरुको विवरण असार मसान्तपछि मात्रै थप गरेर प्रकाशन गर्ने बताए । उनले बुटवललाई समृद्ध बनाउनका लागि सबै पक्ष र क्षेत्रको साथ र सहयोगको अपेक्षा र सुझावको खाँचो रहेको बताए ।

उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध र सबल शहरका रुपमा स्थापित गर्नका लागि सबैको भूमिका आवश्यक पर्ने बताइन् । उनले बुटवललाई शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारका क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक कामहरु भइरहेको र त्यसलाई अझ परिस्कृत गर्दै लैजाने बताउँछिन् ।

गत बर्ष बुटवल उपमहानरपालिका शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको थियो ।

बुधबार नगरसभाको १५ औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी बस्नयोग्य सहर बनाउने मूल ध्येय रहेको बताएका थिए । उनले बुटवललाई सबै जातजातिले अपनत्व गर्नसक्ने साझा सांस्कृतिक सहरका रुपमा स्थापित गर्ने र पर्यटकीय विश्रामस्थल बनाउने गरी आवश्यक नीति अगाडि सारिएको जानकारी दिएका थिए ।

नीति तथा कार्यक्रममार्फत बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, उद्योग, व्यापार जस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीतिको रुपमा अगाडि सारेको थियो, नगरले यो बर्ष पनि सोही अनुसार शिक्षा क्षेत्रलाई मुख्यप्रथमिकता दिएर कार्यक्रम ल्याउने योजना बनाएको छ ।

उज्यालो, सफा, सुन्दर र हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने, सेवा प्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने र मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने बुटवलमा मूल रणनीति समेत नगपालिकाका रहेका छन् ।

बुटवलले माध्यमिक तहका प्रधानाध्यापकहरुको हरेक ३–३ वर्षमा आन्तरिक सरुवा गर्ने, विद्यालयहरुलाई समान तहको स्तरमा पु¥याउन अन्तरविद्यालय अनुभव आदानप्रदान गर्ने, प्रधानाध्यापक र व्यवस्थापन समितिबिच नियमित छलफल सञ्चालन गर्ने नीति अगाडि सारेको छ ।

यस्तै, ‘छोरी पढाऔं समाज बनाऔं’ कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटमा छात्राहरुलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, असहाय र विपन्न वर्गलाई विद्यालयमा नियमित गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने नीति बुटवलले अगाडि सारेको छ , जस अनुसार यो बर्ष नयाँ भर्ना कार्यक्रम समे चलिरहेको छ ।

प्राविधिक जनशक्ति उत्पादन गर्ने संस्था बुटवल टेक्निकल इन्स्टिच्युट आर्थिक संकटमा रहेकाले आवश्यक कानुन निर्माण गरी उपमहानगरपालिकाको मातहतमा ल्याउने, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन गर्ने र आम्दामा पारामेडिकल अध्ययनलाई थप व्यवस्थित बनाउने नीति अगाडि सारेको प्रमुख पाण्डेयले बताए ।

विद्यालय खाजा कार्यक्रममा १० रुपैयाँ थप गरी २५ रुपैयाँ बनाउने नीति लिएको बुटवलले निजी विद्यालयहरुले सबै कक्षामा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र हरेक शैक्षिक सत्रको अन्त्यमा विवरण सार्वजनिक गर्न अनिवार्य गरेको छ ।

विद्यार्थीहरुलाई पाठ्यसामग्रीमाथिको बोझ कम गर्न हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप तथा सिर्जनशील कार्यक्रमका माध्यमबाट संस्कार, संस्कृति, सीप तथा नैतिक शिक्षा, खेलकुद, विज्ञान प्रविधि, पर्यटनजस्ता विषयहरुप्रति आकर्षण बढाउने नीति बुटवलले लिएको छ ।

बुटवलमा ९९ हजार विद्यार्थी अध्यानरत छन् । सरकारी विद्यालयको हकमा देशभरिकै नमुना विद्यालयका रूपमा स्थापित भएका छन् । दोब्बर संख्यामा विद्यार्थी राख्न सक्ने गरी विद्यार्थीको चाप र दबाब हाम्राबीचमा छ । त्यसैले बुटवलमा शिक्षाबारे गर्व गर्ने स्थिति छ । गत वर्ष पूर्ण बजेटको २६ प्रतिशत शिक्षामा छुट्याइएको छ ।

नगर प्रमुख खेलराज पाण्डेय भन्छन्–‘गत वर्षदेखि नर्सिङ या फार्मेसी अध्ययन सुरु गरेका छौं । शिक्षा र स्वास्थ्यलाई बुटवलले प्राथमिकतामा राखेको छ । बुटवलमा गरिने शिक्षा र स्वास्थ्यको विकास बुटवलका लागि मात्र होइन, देशका सबै क्षेत्रका लागि हो ।’ शिक्षा र स्वास्थ्यमा हामी मात्र होइन, हाम्रो भूगोलसँग जोडिएका सबैले विश्वास गरेका छन् । यसमा प्रदेश, संघीय सरकारको पनि उत्तिकै सहयोग छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?