© २०२३
बुटवल, ८ मंसिर
रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ मा जित निकालेका नेकपा एमालेका वासुदेव घिमिरे तथा प्रदेशसभा १ मा विजेता एमालेकै भूमिश्वर ढकालको विजयी रयाली निकालिएको छ । सैनामैना नगरपालिका वडा नं ६ स्थित कलौनीबाट निस्किएको रयाली निर्वाचन क्षेत्रका चोकचोकमा पुगेको थियो ।
स्थानीय बासिन्दाले विजयी उम्मेदबारहरुलाई अबिर माला लगाएर भब्य स्वागत गरेका थिए । घिमिरले काँग्रेस नेता भरत कुमार शाहलाई ९ हजार ७ सय २ मतको अन्तरले हराएका हुन् । एमालेका घिमिरेले ३६ हजार ८ सय २२ मत ल्याउदा शाहले २७ हजार १ सय २० मत प्राप्त गरे । शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिएका थिए ।
यसैगरि रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल अन्तिम मत परिणामसंगै १९ हजार ७८ मत ल्याएका छन् । उनका निकटतम् उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याएका थिए । जनमत पाटीका अनुरागनाथ शुक्लको ८ हजार ७ सय ३८ मत छ । ढकाल यसअघि पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी