ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

दुई वर्षमा बन्नुपर्ने गुल्मी अस्पताल भवन चार वर्षमा पनि बनेन

२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

गुल्मी, २९ जेठ ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण दुई वर्षमा बन्नुपर्ने गुल्मी अस्पतालको भवन चार वर्षमा पनि बन्न सकेको छैन ।विभिन्न समस्याहरू देखाउँदै आएका निर्माण व्यवसायीले असार मसान्तसम्म काम सक्ने बताउँदै आएका थिए । तर अहिले पनि उक्त भवन सम्पन्न हुने कुनै आसा देखिएको छैन  । २०७८ असार १८ गते सम्झौता भई काम सुरु भएको गुल्मी अस्पताल भवनको २०८० असार १७ गतेसम्म सम्पन्न गर्ने गरी साढे पाँच तलाको भवन २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँको लागतमा स्वच्छन्द–बानिया जे.भी हेटौडा मकवानपुरले निर्माणको जिम्मा पाएको थियो ।

हालसम्म भवन निर्माणको भौतिक प्रगति ८५ प्रतिशत सम्पन्न भएको निर्माण व्यवसायीका सब इन्जिनियर अरविन्द्र चौधरीले बताए ।भवनको अहिले पेन्टिङ ,वायरिङ,आल्मुनियम लगाउने लगायतका काम भइरहेका छन् । चिसो मौसम,पानी परिरहने, सुरुमा कोभिड लहर, निर्वाचनको समयमा  डन्डीको उच्च मूल्य वृद्धि, गिटी बालुवाको अभाव र सामान ढुवानीमा समस्या भएका कारण समयमै काम सम्पन्न गर्न नसकिएको उहाँको भनाइ छ । पहिले असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य भए पनि दसैसम्म समय लाग्न सक्ने उनले बताए ।

गुल्मी अस्पतालमा रहेका भवनहरू साना र सेवाग्राही मैत्री नहुँदा समस्या हुँदै आएको छ । निर्माण व्यवसायीको ढिलासुस्ती हुँदा पनि यहाँका सरोकारवाला निकाय मौन रहनु जिल्लाका लागि सुखद पक्ष नभएको सेवाग्राहीले बताउँदै आएका छन् । भवनलाई जति सक्यो छिटो सम्पन्न गर्न नियमित खबरदारी गर्दै आएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डेले बताए ।गुल्मी अस्पतालको भवन छिटो सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई सरोकारवालाहरुले   आग्रह गर्दै आएको बताए पनि परिणाम भने देखिन सकेको छैन ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पटक पटक ताकेता गर्दै आएको बताएका छन् ।  जति ताकेता गरे पनि न्यून जनशक्ति लगाउने र  काम पनि कछुवाको गतिमै भएको उनको भनाइ छ । बिहीबार अस्पताल विकास समितिको बैठक बस्दै भएकाले उक्त बैठकमा जोडदार रूपमा भवन निर्माणको विषय राख्ने गौतमले बताए । केही महिना पहिले गुल्मी क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य गोकर्णराज विष्टले निर्माणाधीन अस्पतालको निरीक्षण गर्दै जतिसक्दो छिटो निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेका थिए ।

गुल्मी अस्पताल तम्घास २०७१ सालमा ५० वेडमा  स्तर वृद्धि भएको थियो ,तर भौतिक संरचनाको अभावमा पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन ।  भौतिक संरचनाको अभावका कारण सानो र साँघुरो भवनबाट सेवा प्रवाह गर्न समस्या भएको गुल्मी अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?