ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

किफायती बलिङपछि नेदरल्यान्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

२८ जेष्ठ २०८२, बुधबार
२८ जेष्ठ २०८२, बुधबार

काठमाडौँ ।

किफायती बलिङ आक्रमणमा उत्रिएको नेपाल आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा विपक्षीलाई पन्छाउन सफल भएको छ।

‘डेब्यु’ खेलमा नै नन्दन यादवले घातक बलिङ गरेपछि नेपाल नेदरल्यान्ड्सविरुद्ध १६ रनले विजयी भएको हो।

पहिलो खेलमा पनि नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो। डच टोलीमाथि नेपालको यो दोस्रो जित हो।

नेदरल्यान्ड्स भ्रमणका क्रममा नेपालले लिग–२ को चारमध्ये तीन खेलमा जित निकालेको छ। पहिलो खेलमा नेदरल्यान्ड्सलाई १ विकेटले हराएको नेपाली टोली दोस्रो खेलमा भने घरेलु टोलीसँग २ रनले पराजित हुन पुगेको थियो।

मंगलबार राति सम्पन्न खेलमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स चार बलअगावै २ सय २० रन बनाउँदा अलआउट भयो।

नेदरल्यान्ड्सका लागि वेस्ली वारेसीले बनाएको ३६ रन नै सर्वाधिक रह्यो। कप्तान स्कट इडवार्डस्ले ३० रन बनाउँदा ललित राजवंशीको बलमा बोल्ड आउट हुन पुगे।

ओपनर माइकल लेविट २७ रन बनाउँदा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे। नोह कोइस २२ रन बनाउँदा कुशल भुर्तेलको बलमा एलबीडब्लु धरापमा नै परे।

नेदरल्यान्ड्सलाई अन्तिम ओभरमा १८ रन चाहिएको थियो। पहिलो बलमा एक् रन दिएका करणले दोस्रो बलमा विकेट लिएपछि डच टोली अलआउट हुन पुग्यो।

नेदरल्यान्ड्सलाई रोक्न नेपालका सन्दीप लामिछाने, नन्दन यादवले समान ३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए। कुशल भुर्तेल र करण केसीले एक विकेट झारे।

किफायती बलिङ गरेका ललितले आफ्नो स्पेलमा १ मेडन राख्दै २९ रन खर्चेर २ विकेट झारे।

ओडीआइमा डेब्यु खेल खेलेका नन्दनले ३ विकेट लिए। नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर ३ विकेट लिए।

नेदरल्यान्ड्सको डुन्डीस्थित फोर्थहिलमा नेदरल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा  २ सय ३६ रनको योगफल तयार पारेको थियो।

पहिला ब्याटिङ गर्ने क्रममा नेपाललाई १० रन पेनाल्टी लागेको थियो। ब्याटर बसिर अहमद ३७औँ ओभरको दोस्रो बलमा र ४०औँ ओभरको तेस्रो बलमा पिचको मध्यभागमा दौडिएपछि नेपालले १० रन पेनाल्टी स्वरूप पाएको थियो। नेदरल्यान्ड्सले दोस्रो ओभरमा पाएको अतिरिक्त १० रनबाट खेल सुरु गरेको थियो।

आरिफ शेखले बनाएको ८४ रन नै नेपालका लागि सर्वाधिक रह्यो। सम्हालिएको ब्याटिङ गरेका आरिफले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। ओडीआईमा आरिफले नेपालका लागि सर्वाधिक रन बनाएका हुन्।

भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन थपे। भीमले ३८ बलमा ३ चौका प्रहार गर्दा माइकल लेविटको बलमा क्याच आउट भए। ६० बलमा १ चौका हानेका कप्तान रोहित पनि माइकलकै बलमा क्याच आउट हुन पुगे।

ओपनर कुशल भुर्तेल १९ बलमा २ चौका सहयोगमा १८ रन बनाउँदा रोइलोफ भान डेर मेर्भेको बलमा बोल्ड आउट भए।

२४ बलमा १ चौका सहयोगमा १६ रन बनाएका दीपेन्द्र सिंह ऐरी लेविटकै बलमा क्याच आउट भए। बसिर अहमद ११ रन बनाउँदा आर्यन दत्तको बलमा म्याक्स ओ डाउडको हातबाट क्याच आउट नै भए। करण केसी पनि ११ रन बनाउदा बोल्ड आउट हुन पुगे। सन्दीप लामिछाने २ रनमा रन आउट भए।

अनिल शाह २ रनमा पेभेलियन फर्के। नन्दन यादव १० रनमा अविजित रहे। नेदरल्यान्ड्सका लागि माइकल लेविटले तीन विकेट लिए। पाउल भान मेक्रेनले २ तथा आर्यन दत्तले एक विकेट आफ्नो नाममा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?