ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पाल्पाको रिमीघा  लेकमा ‘यार्चागुम्बा’

२७ जेष्ठ २०८२, मंगलवार
२७ जेष्ठ २०८२, मंगलवार

पाल्पा, २७ जेठ ।

जिल्लाको रिमीघा डाँडामा स्थानीयले फेला पारेको बस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँले बहुगुणी बहुमूल्य जडीबुटी यार्चागुम्बा भएको पुष्टि गरेपछि थप पुष्टिका लागि वनस्पति विभागमा पठाउने तयारी भएको छ ।

केही दिन अगाडि स्थानीयले रम्भा गाउँपालिकाको फोक्सीड्डकोट र पिपडाडा क्षेत्रमा पर्ने रिमीघा लेकमा भेटिएको बस्तुलाई प्रमाणित गर्नका लागि डिभिजन वन कार्यालयले विधि विज्ञान प्रयोगशालामा पठाएकोमा यार्चागुम्बा भएको पुष्टि आइतबार भएको थियो ।

डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराईले भने “यसलाई थप पुष्टि गर्नका लागि वन तथा वातावरण मन्त्रालयको मातहतको वनस्पति विभागमा पठाउने तयारी गरिएको छ । यस क्षेत्रमा प्रवेश गर्न सर्वसाधारणलाई रोक लगाइएको छ ।” प्रहरीको उच्च सुरक्षा रहेको यस क्षेत्रमा बहुमूल्य जडीबुटी भेटिनु जिल्लाका लागि गौरवको कुरा भएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीले बताए ।

यसलाई थप प्रमाणित र पुष्टिका लागि खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालयमा समेत पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदीले बताए । यार्चा हो वा होइन भन्ने थियो पहिले अब खान हुने वा नहुने गुणस्तरका लागि खाद्य तथा गुणस्तरका विषयमा पत्ता लगाउन खाद्य गुण तथा प्रविधि कार्यालयमा मंगलबार पठाउने तयारी गरिएको उनले बताए ।
आमसर्बसाधारणको बुझाई यार्चा भन्ना साथ बहुमूल्य जडीबुटी हो भन्ने मात्र बुझाइरहेको छ । खास गरी यो ५ हजार प्रजातिको भेटिएको छ । त्यस मध्ये ११ प्रजातिका मात्र खान हुने योग्य भएको पुष्टि भएको छ ।

यदि खानको लागि योग्य भन्ने प्रमाणित भएको खण्डमा यस विषयमा विज्ञता हासिल भएका व्यक्तिले अध्ययन गर्दछन् । त्यसपछि पञ्च वर्षीय योजना बन्नेछ । वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालयले राजश्व लिएर सङ्कलन गर्न पाउने हो । खानका लागि योग्य भन्ने ठहर भएमा प्रदेश सरकारले यार्चागुम्बालाई आउने आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न डिभिजन वन कार्यालयका प्रमुख भट्टराईले बताए । रिमीघा लेकको उचाइमा रहेको माथागढी गाउँपालिकाको कौडेलेक, रिब्दीकोटको जलेश्वरमा पनि सम्भावना रहेको छ । मध्य पहाडी खण्डमा यस पटक इलाममा पनि एक पटक मात्र भेटिएको थियो । त्यस्तो यहाँ पनि नहोला भनेर भन्न नसकिने वन कार्यालयका सूचना अधिकारी खिल बहादुर तामाड्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?