ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

किसानलाई प्रोत्साहन: जति फलायो, उति अनुदान

२७ जेष्ठ २०८२, मंगलवार
२७ जेष्ठ २०८२, मंगलवार
बुटवल, २७ जेठ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का अगुवा कृषक हुन रामनाथ माली । उनी दिउँसोमा बुटवलको सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा लेखा शाखा काम गर्छन् भने अन्य समयमा तरकारी खेती । किसानकै परिचय बनाएर उनले मुलुकमै ख्याति कमाएका छन् । आफ्नै गाउँमा रहेको बुटवल जैविक कृषक सहकारी संस्थाका अध्यक्ष समेत रहेका मालीले आफ्नो जग्गा सहित अन्य किसानको जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।
उनलाई बुटवल उपमहानगरपालिकाले प्रदान गरेको प्रतिफलमा आधारित प्रोत्साहन अनुदानले थप हौसाएको छ । बुटवल जैविक कृषक सहकारी संस्थामा आबद्ध भएका किसान मध्ये यो वर्ष ४३ जनाले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान पाएका छन् । जसले धेरै तरकारी वा मसलाजन्य बाली उत्पादन ग¥यो, त्यसलाई पालिकाले अनुदानको रूपमा प्रतिकिलो ३ रुपैयाँका दरले अनुदान प्रदान गर्दै आएको छ ।
बुटवल जैविक कृषक समूहका अध्यक्ष समेत रहेका माली भन्छन्–‘किसानको मेहनत अनुसार अनुदान त कम हो, तर पनि प्रोत्साहन भएको छ ।’ सहकारीमा आबद्ध भएका किसानहरूले आफूले उत्पादन गरेको कृषि जन्य उत्पादन सहकारी मार्फत बिक्री गर्छन् ।  सहकारीले त्यसको विवरण राखेपछि सोही विवरणको आधारमा बुटवल उपमहानगरपालिका ले प्रतिफलमा आधारित अनुदान वितरण गर्दै आएको छ । जसको लागि सोही अनुसारको निर्देशिका बनाएको छ ।
बुटवल उपमहानपालिका उपमहानगरपालिका रेको कारोबारको विवरण बाट किसानलाई अनुदान प्रदान गरिँदै आएको छ । जसमा तरकारी बाली र मसला बालीमा पालिकाले प्रतिफलमा आधारित अनुदान प्रदान गर्दै आएको हो ।
बुटवल जैविक कृषक सहकारी संस्था बुटवल–१५ का तरकारी उत्पादक ४३ जना किसानले प्रतिकिलो ३ रुपैयाँका दरले प्रतिफलमा आधारित अनुदान पाएका हुन् । जसमा कुल ७५ हजार ९ सय ८५ किलो अनुदानमा किसानले प्राप्त गरेका हुन । जसलाई रकम रूपान्तरण गर्दा २ लाख २७ हजार ९ सय ५५ रुपैयाँ अनुदान किसानले प्राप्त गरेका छन् ।
बुटवल उपमहानगरपालिकाले प्रतिफलमा आधारित अनुदान सहित बीउमा समेत अनुदान दिँदै आएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १७ मा रहको सिम्रिक कृषि सहकारी संस्थाका ३ जना किसानलाई धानको मूल बीउमा प्रतिकिलो ३ रुपैयाँका दरले अनुदान प्रदान गरिएको छ । उनीहरूलाई मूल बीउ उत्पादनको लागि ५ हजार २ सय ४३ किलोलाई ३ रुपैयाँका दरले १५ हजार ७ सय २९ रुपैयाँ अनुदान प्रदान गरिएको हो ।
सन्तोष जिसी
प्रमुख, कृषि विकास शाखा, बुटवल उपमहानगरपालिका
पालिकाले मूल बीउ उत्पादन र कृषि तरकारी, मसला बालीको लागि प्रतिफलमा आधारित प्रोत्साहन रकम प्रदान गरेको छ । जसका लागि यो वर्ष कुल ४६ जना किसानले ८१ हजार २ सय २८ किलो मूल्यमा २ लाख ४३ हजार ६ सय ८४ रुपैयाँ रकम प्राप्त गरेका छन् । बुटवल उपमहानगरपालिकाको कुल ३२ प्रतिशत क्षेत्रफल खेतीयोग्य छ । करिब ४ हजार घर परिवार कृषि पेसामा आबद्ध रहेका छन् । कुल खेतीयोग्य जमिनको २० प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ भने किसानको मागअनुसार एक लाख मूल्यसम्मका साना ट्युबवेल पनि किसानलाई वितरण गरिएको कृषि विकास शाखाका अधिकृत सन्तोष जिसी बताउँछन् ।
पालिकाले जैविक खेतीका लागि जैविक मलको उत्पादन गर्न पनि उपमहानगरले अनुदानको व्यवस्था गरेको छ । तीबाहेक बाँझो जग्गाको सदुपयोग गर्ने गरी जग्गा भाडामा अनुदान, उत्पादनमा आधारित कार्यक्रम, व्यावसायिक तरकारी उत्पादन पकेट क्षेत्र विकास कार्यक्रम, व्यावसायिक मौरी पालन, फलफूल बगैँचा स्थापनाका लागि सामूहिक खेती, कृषि औजार उपकरणमा अनुदान, कौसीमा तरकारी खेती कार्यक्रम, ‘एक स्थानीय तह, एक उत्पादन’ जस्ता कार्यक्रमले बुटवलको कृषि क्षेत्र फस्टाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?