© २०२३
बाँके, २४ जेठ ।
नेपालगन्ज उप–महानगरपालिका प्रथम उप मेयर कप फुटसल प्रतियोगिता शनिबारदेखि नेपालगन्जमा सुरू भएको छ । एफसी संघारीको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ को सहयोगमा शनिवारदेखि नेपालगन्ज उपमहानगरपालिका प्रथम उपमेयर कप फुटसल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा ४ वटा क्लबको सहभागी रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष तरूण बज्राचार्यले जानकारी गराए ।
उद्घाटन समारोहमा पत्रकार र आयोजक टिम बिच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टिमले आयोजक टिमलाई ६ गोल गर्दै बिजयी भएको छ । आयोजक टिम एफसी संघारीलाई पत्रकार भगतराम थारुले २ गोल, कुमार श्रेष्ठले २ गोल, सुनिल रेग्मीले १ गोल र १ गोल आत्मघाती गोल भएको थियो । आयोजक टिमले भने पत्रकार टिमलाई २ गोल गरेका थिए । उद्घाटन सत्र एफसी संघारिका अध्यक्ष अध्यक्ष विक्रम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक नेपालगंज उपमहानगरपालिका रहेको छ भने सह प्रयोजकहरू नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२, यूनाइटेड एजुकेसन एकेडेमी र सञ्जीवनी कलेज लगायत रहेका छन् ।