ट्रेंडिंग:

>> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड

टेवलटेनिस खेलाडीहरुको विदाई

२४ जेष्ठ २०८२, शनिबार
२४ जेष्ठ २०८२, शनिबार

बुटवल, २४ जेठ । काठमाण्डौमा हुन गैरहेको चौध वर्ष मुनीका यु–१४ विद्यालय खेलकुद प्रतियोगितामा छनौट भएका टेबल टेनिसका खेलाडीहरुलाई बुटवलमा एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ । लुम्बिनी प्रदेश टेवल टेनिस संघको आयोजनामा भएको विदाई कार्यक्रममा प्रदेशबाट छनौट भएका ६ जना खेलाडीलाई जर्सी प्रदान गर्दै बिदाई गरिएको हो ।

खेलाडीहरुलाई बुटवल उपमहानगरपालिका वडा नं.६ का अध्यक्ष लोकनाथ न्यौपाने, लुम्बिनी प्रदेश टेवल टेनिस संघका अध्यक्ष विकास बहादुर सिंह, सल्लाहाकार कृष्णकुमार श्रेष्ठ, रुपन्देही जिल्ला अध्यक्ष नरबहादुर क्षेत्री, नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, संघका प्रदेश सचिव रमेश न्यौपानेले टिका, खादा र टिर्सट प्रदान गर्दै खेलाडीहरुलाई विदाई गरे ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै छात्रतर्फ सुविन क्षेत्री, सुविन थापा र सुभभ न्यौपाने तथा छात्रातर्फ सोनाम गुरुङ, आयना शाह र परिनिता गिरी सहभागी हुदैछन् । यी खेलाडीहरुले सिंग्गल र डबल विधामा प्रतिष्पर्धा गर्ने छन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं। ६ का अध्यक्ष लोकनाथ न्यौपाने प्रतियोगितामा सहभागीता जनाउदा जित्ने मात्र नभएर सिक्ने कुरामा पनि ध्यान दिन आग्रह गर्दै अभिभावकहरुलाई आफ्ना वच्चालाई खेल खेल्ने प्रेरित गर्न सुझाव दिए। कार्यक्रम सघका सचिव रमेश न्यौपानेले टेबलटेनिस खेलमा प्रदेश उत्कृष्ट हुनेमा आशाबादी रहेको बताए ।
काठमाण्डौमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने यु–१४ विद्यालय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशबाट विभिन्न विधाका ७८ खेलाडी छनौट भएका छन् । प्रतियोगितामा चौध वर्ष मुनीका विद्यार्थीहरुले ब्याटमिन्टन, टेवलटेनिस, बास्केटवल, एथलेटिक्स, रग्बी र क्रिकेटमा सहभागीता जनाउने छन्।

लुम्बिनीबाट एथलेटिक्सतर्फ छात्र रिले र लङजम्पमा ११ जना, टेवलटेनिसमा ६ जना, बास्केटबलबाट ९ जना, रग्वीमा २६ जना, ब्याटमिन्टनमा ७ जना, क्रिकेटमा १६ जना खेलाडी र टोलीनेता, उपनेता गरि ७८ जना छनौट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?