© २०२३
हेटौडा, २१ जेठ ।
हेटौडा– काठमाडौँ जोड्ने कान्ति लोक पथ आजदेखि चार दिन पूर्णपुरमा बन्द हुने भएको छ। कान्ति लोक पथ अन्तर्गत गबुवास्थित बागमती खोलामा निर्माणाधीन बेल ब्रिजको जडान गर्न लागिएकोले ४ दिन सडक बन्द गरिन लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना निकालेर आजबाट जेठ २४ गतेसम्म सडक पूर्णपुरमा बन्द हुने जानकारी दिएको हो ।सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले निकालेको सूचनामा सडक बन्द हुँदा हेटौँडा–काठमाडौँ र काठमाडौँ–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
कान्तिलोकपथको वैकल्पिक सडकका रूपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।