ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

अन्तरपालिका समन्वय गरी विकासमा जोड

१८ जेष्ठ २०८२, आइतबार
१८ जेष्ठ २०८२, आइतबार

बुटवल, १८ जेठ ।

बुटवल उपमहानगरपालिकाले सीमा जोडिएका पालिकाहरूसँग सहकार्य र संयुक्त अभ्यास सम्बन्धमा शनिवार बुटवलमा गरेको छ ।कार्यक्रममा बोल्दै पूर्व मन्त्री बालकृष्ण खाँणले  अर्थमन्त्रीलाई पटक–पटक  धन्यावाद दिँदै  शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी बजेट आएको बताए । ‘रोष्टममा उभिएपछि अर्काका बारेमा विरोध गर्ने प्रचलन बनेको छ, तर वर्तमान प्रधानमन्त्री, अर्थमन्त्रीले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने गरी उत्कृष्ट बजेट ल्याउनुभएको छ, यसका लागि म अर्थमन्त्री ज्यूलाई यही मञ्चबाट धन्यवाद दिन्छु ।’

रुपन्देही क्षेत्र नं. २ बुटवल क्षेत्रबाट निर्वाचित भएका अर्थमन्त्रीलाई उनकै नगरमा पूर्व गृहमन्त्रीले प्रशंसा गर्दा सहभागीहरूले ताली बजाएर समर्थन गरे । ‘इतिहासमै सुवर्ण शमशेरपछिको क्रान्तिकारी बजेट हो’ खाँणले भने । उनले बजेटले मुलुकको विद्यमान आर्थिक चुनौतीलाई सुधार गर्ने बताए । ‘बजेट यथार्थमा आधारित रहेको छ ’ उनले भने । उनले यसअघि नेपालमा आउने पर्यटकहरूले २५ हजार रुपैयाँ ल्याउन पाउने अवस्था रहेको भन्दै अहिले सरकारले ल्याएको बजेटले त्यसलाई ५ सय डलर पुर्‍याएको बताए । यसले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा दिने बताए ।

उनले बजेटले विदेशी लगानी भित्र्याउन, लगानीका लागि निजी क्षेत्रलाई उत्साही बनाउने काम गरेको बताए । पूर्व गृहमन्त्री खाँणले भारतीय पर्यटकलाई नेपाल प्रहरीले अनेक सास्ती, झन्झट र चेकिङले गरेको भन्दै यसले पर्यटन प्रवर्द्धन नहुने बताए । उनले यसलाई तत्काल सुधारका लागि प्रदेशका मन्त्री, प्रहरी प्रशासनको समेत ध्याआर्कषण गराए । उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारहरूले बजेट ल्याउँदा केन्द्रीय नीतिलाई हेर्न समेत ध्यानाकर्षण गराए । खाँणले लामो समयपछि आफू बोल्न पाएको भन्दै सबैलाई सम्झिए ।

नेकपा माओवादी केन्द्रका नेतालाई समेत सम्झिएका उनले काँग्रेस एमालेको गठबन्धन जनताले बनाएको समेत भन्न भ्याए । ‘चुनावको बेला हामी माओवादी सहितको गठबन्धनमा थियौँ, तर बुटवलमा काँग्रेस र एमालेलाई जिताए’ खाँणले भने –‘अहिले केन्द्र प्रदेशदेखि नै काँग्रेस एमाले गठबन्धन बनेको छ ।’ यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री धनेचन्द्र कार्कीले बुटवल उपमहानगरपालिकाले सीमाका पालिकाहरूसँग छलफल गरेर दिगो विकासको नीति लिएको बताए । उनले प्रदेश सरकारले समेत सहकार्यको अभ्यास गरेको बताउँदै बुटवल उपमहानगरको थालनी सकारात्मक रहेको बताए ।

यस्तै उनले लुम्बिनी प्रदेशमा भारतीय पर्यटकहरूलाई प्रहरी प्रशासनबाट भएको चेकिङ सम्बन्धी गुनासोलाई तत्काल समाधान गर्न प्रशासनको ध्यानाकर्षण गराए । अन्तरक्रिया कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेयले आफूहरूले छिमेकी पालिकाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने नीति लिएको भन्दै सङ्घ र प्रदेश सरकारले सहयोग नगरेको गुनासो गरे । उनले राजस्व बाँडफाँड, जग्गाको सदुपयोग, वन र नदीजन्य पदार्थको निकासीमा आफूहरूको असन्तुष्टि रहेको बताए । यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, संविधानविद् काशीराम दाहाल लगायतले बोल्दै स्थानीय सरकारले जनताको भावनालाई आत्मसाथ गर्दै नीति अगाडि सार्नुपर्ने बताए । बुटवल सहित सीमा जोडिएका पालिकाका जनप्रतिनिधि, राजनीतिक दलहरूका प्रतिनिधिहरू कार्यक्रममा सहभागी थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?