© २०२३
कालिकोट।
खुलालु सल्लीसल्ला सडक अन्तरगत खुलालु देखि लालिघाट सम्मको सडक पुर्णरुपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले १६ गते एक सूचना जारी गर्दै उक्त सडक खण्ड बन्द हुने जनाएको छ ।
कर्णाली कोरिडोर दक्षिण खण्ड खुलालु सल्लीसल्ला सडक खण्डको खुलालु देखि लालीघाट सम्म सडक स्तर उन्नति आरसिसी गर्नु पर्ने
भएकाले ५ दिनका लागि सडक पूर्ण रूपमा बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताउनु भयो । सडक स्तर उन्नतिको समयमा बाजुरा, हुम्ला र मुगु लगायतका जिल्लाबाट आउने मालबहाक तथा यात्रुबहाक यातायातका साधनहरू लालिघाट पुगेर रोकिने छन् ।
त्यस्तै सुर्खेत, दैलेख र अछाम लगायतका जिल्लाबाट आएका मालबहाक तथा यात्रुबहाक यातायातका साधनहरू कालेखोला जिरोपन्ट सम्म पुगेर फर्किने छन् । सडक स्तर उन्नति कार्यका आम नागरिकले सहयोग गरिदिन हुन जिल्ला प्रशासन कार्यालय कालिकोटले अनुरोध गरेको छ ।
