© २०२३
काठमाडौं ।
सरकारले मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै काठमाडौँ, ललितपुर र भक्तपुरमा आगामी आइतबार (जेठ १८ गते) सार्वजनिक बिदा लागू हुने जानकारी दिएको हो।
यस बिदा परम्परागत धार्मिक तथा सांस्कृतिक महत्व बोकेको रथयात्राको अन्तिम विशेष चरण – भोटो देखाउने कार्यक्रमलाई मध्यनजर गर्दै दिइएको हो। मच्छिन्द्रनाथ रथयात्रा विशेषगरी ललितपुरमा धुमधामका साथ मनाइने जात्राहरूमा पर्दछ, जसमा हजारौं श्रद्धालु सहभागी हुन्छन्।
