ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

नेपाली विद्यार्थीले विदेशमा देखेको सपना…

१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार

मपनि अहिले बीस बर्षको लोर्के ठिटो हुन्थे भने सायद नेपालमा वस्दैनथे होला । नेपाललाई बस्न र कर्म गर्न लायक देशको रूपमा विश्वसामु परिचित गराउन कसैले सकेनन् । यहि नै देश र जनताको लागि ठूलो बिडम्बना भयो । मलाई लाग्छ, एक दशकको अन्तरमा मैले अध्यापन गरेको स्कुलबाट मात्रै तीन दर्जन बिद्याथीहरू युरोप, अमेरिका र अष्टे«लियामा पाइला टेकिसकेका छन् । किन यसरी नयाँ पुस्ताको विदेश मोह बढ्दै छ ? राज्य र सरकारतर्फबाट यो विषयमा गम्भीर ध्यानाकर्षण भएको पाइदैन् । काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलवाट भूई छोड्ने वेला हरेक युवाहरूले प्रायः यहस् भन्ने गर्छन्–“अव नेपालमा आम युवाहरूको लागि भबिष्य र सम्भावना छैन् ।” नेपालमा पनि यस्तै यस्तै ट्रेन्ड चल्दै गयो । अधिकांश बिद्यार्थीहरूको चाहना प्लस टु पछिको पढाई तथा उच्च शिक्षा हासिल गर्न विदेश जाने गरेको देखिन्छ । तर नेपाली बिद्यार्थीहरूको लागि बिदेश भने जस्तो सरल र सहज पक्कै छैन् ।

अमेरिका र बेलायततर्फ उच्च शिक्षा अध्ययन गर्नको लागि राम्रो छात्रवृति पाइयो भने ठिकै हुन्छ । अन्यथा बिद्यार्थीले निकै मेहेनत र दुःख गर्नुपर्छ । बिभिन्न देशको नीति र कुटनीति कति बेला के हुन्छ थाहा नै हुँदैन । अहिले अमेरिकाले आफ्नो गृह नीति, विदेश नीति, आर्थिक नीति यावत क्षेत्रमा व्यापक परिवर्तन गरेपछि अहिले बिश्वका हरेक मुलुकमा अब के के हुने हो भन्दै त्यस्को बारेमा बहस र छलफल हुदै आएको छ । कतिपय विकासोन्मुख राष्ट्रहरू अत्तालिएको अवस्था पनि छ । नेपाली बिद्यार्थीहरूको विदेश पलायन निकै डरलाग्दो भयावह समस्याको रूपमा अगाडि बढिरहेको सबैलाई सर्वबिदितै छ । अमेरिका, जापान, बेलायत, अष्टे«लिया, क्यानडा लगायतका बिभिन्न देशहरूमा ठूलो संख्यामा विद्यार्थीहरू गइरहेका छन् । उनीहरूको उद्देश्य पढ्ने मात्र हुदैन् । उतै आधिकारिक कार्ड पाएर त्यहाँको स्थायी बासिन्दा भएर बस्ने रहर धेरैले गर्छन् । अब बिद्यार्थीको रूपमा ती देशहरूमा जान त सकिएला तर निकट भविष्यमा उतैको स्थायी बासिन्दा भइन्छ भन्ने कुनै ग्यारेन्टी छैन् । बिश्वमा बदलिँदो आप्रवासन नीतिले विदेश पलायनलाई अबको केहि बर्षमा नेपाल जस्तो बिकासोन्मुख राष्ट्रका नयाँ पुस्ताका विद्यार्थीहरूलाई उथुलपुथुल र खैलावैला पार्ने निश्च्तिि देखिन्छ । किनकी अब अमेरिकाले विद्यार्थीलाई बीस घण्टाभन्दा धेरै काम गर्न नदिने नीति कडाइकासाथ लागु गर्ने योजनामा छ ।

नेपालमा बि.स. २०८० मा भन्दा २०८१ मा विदेश जानेको संख्या १४ प्रतिशतले बढेको देखिन्छ । वैदेशिक रोजगार विभागका अनुसार २०८१ मा ८ लाख ८ हजार ५६७ जनाले श्रम स्वीकृति लिएका छन् भने २०८० मा यो संख्या ७ लाख ८ हजार २२० रहेको थियो । आर्थिक वर्ष २०८०÷८१ मा ८ लाख बढी नेपाली रोजगारीको खोजीमा विदेशिएका खबर बिभिन्न राष्ट्रिय मिडियाहरूमा सार्वजनिक भएको थियो । अध्यागमन विभागका अनुसार गत वर्ष विभिन्न उदेश्यले विदेश गएका १६ लाख २१ हजार ५ सय ६६ जना नेपालीमध्ये ८ लाख ७ हजार ६ सय ९३ जना रोजगारीको सिलसिलामा बिभिन्न देश पुगेको तथ्याङ्क छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार हाल प्रत्येक महिना औसतमा लगभग ६५ हजारभन्दा बढी र दैनिक झण्डै ३ हजार ३ सय नेपाली युवाहरू सुन्दर भविष्यको खोजी गर्दै विदेशतर्फ लाग्ने गरेको पाइन्छ । त्यस अन्तर्गत बिद्यार्थीहरूको संख्या पनि बढ्दो क्रममा छ । नेपालको सबैभन्दा पुरानो तथा जेठो बिश्वबिद्यालय बिद्यार्थीको अभावमा सुनसान हुदैछ । कुनैबेला बिद्यार्थीका चाप अत्यधिक हुने बिश्वबिद्यालयको यो हालत देख्दा अचम्म लाग्नु स्वाभाविक पनि हो ।

फेरि नेपाली कमाइले पनि आफ्ना सन्तानहरूलाई बिदेशमा पढाउन कठिन छ । अरूको देखासिकी गरेर आफ्ना सन्तानहरूले पनि पढाईको लागि बिदेश नै रोजेपछि आमा बुबा पनि के गरुन् ? छोराछोरीको उच्च शिक्षा र भविष्यको लागि विदेश पठाउन बाध्य नै भएका हुन्छन् । विदेशमा अध्ययन गर्दा लाग्ने खर्च थोरैले पुग्दैन् । धेरै ब्यक्तिहरूको लागि यो ठूलो आर्थिक भार र क्रणको बोझ बन्छ । तरपनि बडो हिम्मतका साथ नेपालवाट आँट गरेर विदेश जान्छन् । विदेशमा सबै नेपाली बिद्यार्थीहरूको लागि राम्रो अवसर र बातावरण छैन् । कहिले काम नपाउने, कहिले पाए पनि कलेज लागेको समयमा काम पाउने भएकोले पनि समय व्यबस्थापन गर्न गाहृो भएको छ । बिदेशमा नेपाली बिद्यार्थीलाई समयसँगै जीवनलाई कुदाउनु पर्ने देखिन्छ । समयको नै व्यवस्थापन गर्न सकिएन भने कि कलेज छुट्यो कि काम छ्ट्यो । कम्तिमा ३०÷४० लाखकको ठूलो लगानी लगाएर बिदेश छिरेका बिद्यार्थीहरूलाई सुरुका बर्षमा ऋण के कसरी गरेर तिर्नेहोला भन्ने विषयले नै निकै पिरोल्छ । यसरी दिनप्रतिदिन नेपाली युवामा विदेश मोह बढ्दै गयो भने देशलाई ठूलो घाटा पक्कै पनि हुन्छ । स–साना कामहरू एआईले नै गर्न थालेपछि धेरै मानिसले विदेशमा जागिर पनि गुमाइरहेका छन् । रोबर्टले होटल, रेष्टुरेन्ट, बिद्यालय, कलेज र अन्य ब्यापार व्यवसायको कार्य सम्पादनमा सहजता ल्याएको छ ।

भोलिका दिनहरूमा पढ्न भनेर विदेश गएका नेपाली विद्यार्थीहरूले धेरै धन पैसा कमाउने लोभ लालचको कारणले गर्दा आफ्नो शैक्षिक योग्यताको करियर बिगार्ने खतरा उत्तिकै छ । माथिल्लो तहको शैक्षिक योग्यता हासिल नगरेर काममा नै लिप्त हुने जनशक्ति भयो भने राज्यले कसरी दक्ष जनशक्ति प्राप्त गर्न सक्छ ? यो सोध र खोज गर्ने बिषय भईसकेको छ । विदेशमा अध्ययन गर्न वा काम गर्न जाँदा त्यस देशको भाषा, हावापानी, खानपान र जीवनशैलीको फरकपनले गर्दा सुरुमा नेपाली बिद्यार्थी अन्योल महसुस गर्छन् । खाने, बस्ने, सुत्ने, काम गर्ने ठाँउ र कलेजको व्यवस्थापन गर्न सुरुमा झण्डै एक महिना लाग्छ । नेपाली बिद्यार्थीलाई नयाँ वातावरणमा सामाजिकीकरण र घुलमिल हुन सक्नु सबैको लागि त्यति सजिलो र सरल पनि छैन् । नेपालका बिद्यालयमा प्रयोग हुने शिक्षण विधि प्राय गरेर सैद्धान्तिक ज्ञानमा आधारित हुन्छन् । जसले गर्दा उनीहरूलाई वास्तविक जीवनका समस्या समाधान गर्न सक्षम हुने व्यवहारिक सिप र अनुभव प्राप्त गर्न सक्दैनन् । पढेको बिषयबस्तुलाई वास्तविक जीवनमा उतार्न सकिएन भने त्यो शिक्षा बकमफुसे जस्तो हुन्छ । जस्तै हाम्रो देश नेपालललाई कृषि प्रधान देश भनेर भनिन्छ । तर, बिद्यालय तहको शिक्षामा कृषि सामाग्री अन्र्तगत आबश्यक पर्ने हलो बनाउने ज्ञान र शिक्षा पाउदैनन् । यहि नै नेपाली शिक्षा र पाठ्यक्रमको दुरावस्था हो ।

भनिन्छ– कुनैपनि देश विकासको खाका सर्वप्रथम विश्वविद्यालयको कक्षाकोठामा कोरिन्छ । विश्वविद्यालयमा मतिष्क मन्थन सँगसँगै अनुसन्धान पनि हुन्छ । अनुसन्धानमार्फत गरिने खोज तथा अन्वेषण नै मुलुकको विकासमा तर्जुमा गरिने नीति तथा कार्यक्रममा प्रतिबिम्बित हुन्छ । राष्ट्रलाई सफल वा असफल बनाउनमा व्श्विविद्यालयको भूमिका महत्वपूर्ण हुने भएकोले पनि यो बिषयमा राज्यको ध्यान केन्द्रित हुन जरुरी छ । बि.सं. २०१६ सालमा त्रिभूवन बिश्वबिद्यालयको स्थापना भएदेखि हालसम्म नेपालमा १४ वटा विश्वविद्यालय सञ्चालनमा छन् । तर, बिश्वविद्यालयको हालत दयनीय र कमजोर अवस्था छ । अबको केही बर्ष यही गतिमा नेपालका विश्वविद्यालयहरू सञ्चालन हुने हो भने सधैको लागि विश्वविद्यालय बन्द गर्नुपर्ने अवस्था नआउला भन्न सकिदैन् । बिभिन्न राजनीतिक आग्रह पूर्वाग्रह अनि दलीय भागबन्डाका कारण यिनले न त देश निर्माणमा नयाँ गति दिन सके, न व्श्विस्तरीय जनशक्ति पैदा गर्न सके । न ज्ञान र विज्ञानमा मौलिक सिर्जनात्मकता र नवीनता नै जोड्न सके । मलाई लाग्छ, नेपालका सन्दुक रुईत जस्ता नेत्र चिकित्सक डाक्टरले भारत र अष्टे«लियाबाट नेत्र विज्ञानमा विशेष तालिम नलिएको भए आज कसरी बिश्वका चर्चित आँखा डाक्टर बन्थे ? त्यसैले मेरो धारणा पनि नेपालमाविद्यालय तहदेखि विश्वविद्यालयसम्म जोड्ने व्यबहारिक, बैज्ञानिक र प्राविधिक शिक्षाको अपरिहार्य आबश्यकता छ ।

सन् २०४५ मा दोस्रो विश्वयुद्धमा नराम्रोसँग हार व्यहोरेर क्षतविक्षत भएको जापानले झण्डै २३ बर्षको छोटो अवधिमा अर्थतन्त्रको दृष्टिकोणले आफूलाई विश्वको दोस्रो ठूलो धनि देशको रूपमा संसारभर परिचित बनायो । जापानले शिक्षामाथि गरेको लगानी र उत्पादित दक्ष जनशक्ति नै जापान रूपान्तरणको सुत्रधार बन्यो । त्यसैले आजपनि जापानीहरूले आफ्नो सफलताको मुख्य जग शिक्षालाई नै मान्दछन् । नेपालमा हावापानी र भूगोल सुहाउदो शिक्षा कहिल्यै भएन् । कृषि र पर्यटन शिक्षासँग सम्बन्धित पाठ्यक्रम निर्माण हुन नसक्दा सधैभरि भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देबकोटा लगायत अन्य महत्वपूर्ण ब्यक्तिहरूको जीवनी घोक्दै बस्नुप¥यो । ९बंद०द्द सुत्र जाने गणितमा पास नत्र फेल । त्यही त भन्छन् बुढापाका, “धावन्ते खेती र घोकन्ते बिद्या” नेपालमा कुनै काम छैन् भनेझै यहि शिक्षाले नै नेपालमा लाखौ युवाहरूलाई बेरोजगार बनायो । फलस्वरूप नेपालको लागि पछिल्लो समयमा बौद्धिक पलायन बिकराल समस्या बन्दै गयो । यो प्राज्ञिक, सीपयुक्त र कर्मशील मानवीय स्रोत विदेश पलायन हुनुलाई बौद्धिक पलायन भनिन्छ । देशबाट अहिले लाखौंको संख्यामा दक्ष तथा अदक्ष जनशक्ति पलायन भएको अवस्था छ । जेहोस् लाखौं नेपाली विदेशी भूमिमा बौद्धिक मन्थन, श्रम र पसिना बगाउन बाध्य भएका छन् । सामान्यता युवा पलायन हुनुमा प्रमुख दुई कारण देखिन्छ । पहिलो त विश्वव्यापीकरणले कुनै पनि देशको नागरिकलाई पलायन हुन रोक्न असम्भव छ । अर्कोचाहिँ देशको राजनीतिक अस्थिरता, नागरिकप्रति राज्य गैरजिम्मेवार हुनु हो ।

विश्वका विकसित राष्ट्रहरू आफ्ना जनशक्तिलाई बौद्धिक, सीपयुक्त र कर्मशील बनाउने कुरामा कति संवेदनशील हुन्छन् । तर, नेपालको संविधान जारी भएको पनि १० बर्ष बितिसक्दा पनि जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन् । नयाँ शिक्षा ऐन जारी हुन नसक्नु मुलुकको लागि निकै दुर्भाग्य हो । शिक्षकहरू नयाँ शिक्षा ऐन जारी गर भन्दै सडक आन्दोलनमा लागेको महिनौं दिन पुग्न लागिसकेको छ । देशभरका सामुदायिक स्कुलहरूमा भर्ना अभियान र पठनपाठन ठप्प छन् । आम नागरिकलाई सरकारको बिश्वास लाग्न छोडिसकेको छ । “जुन जोगी आए पनि कानै चिरेको” भनेझै नेताहरूको बेइमानी राजनीतिले जन्ताहरू वाक्क दिक्क र छक्क परेका छन् । अब त युवा जनशक्ति पलायनका कारणहरूले गर्दा नेपालका गाउँहरू पनि रित्तिदै छन् । यहाँहरूले बिद्या चापागाईको हेर्ने कथा ‘सपना अमेरिका’ मा रुकुमेली जनताहरूको अमेरिका जान खोज्ने गाँउलेहरूको लर्को हेरिसक्नु भएको छ । शहरहरूमा पनि बौद्धिक युवाहरूको संख्या कमि हुँदैछ । नेपालका हिमाल ,पहाड तथा तराईका कृषियोग्य उब्जाउ जमिन बाँझो हुन थालेका छन् । साठी सत्तरी बर्षका बुढा बा–आमा छोराछोरी विदेशवाट कहिले फर्केलान भन्दै बाटो कुरेर बस्नुपर्ने अवस्था आउदै छ, नेपालमा । विदेश गएर पढ्ने वा काम गर्न जो कोही नेपालीले मनभरि सपना बुन्छ नै । फेरि जन्मभूमिको देशलाई चटक्कै छोडेर समुन्द्रपारिका देशहरूमा आफ्नो सुन्दर भविष्य बनाउने र आफ्नो परिवारलाई सुखी राख्ने सपना देख्नु जो कसैलाई स्वभाविक पनि लाग्छ । विदेशिएका नेपालीहरूको प्रायगरेर उनीहरूको सपना एउटै हुन्छ, धेरै पैसा कमाएर शहरमा एउटा सानोतिनो भएपनि घर बनाउने । परिवारलाई खुशी राख्ने, छोराछोरीलाई उनीहरूको आवश्यकता अनुसार शिक्षा दिने रहर बोकेर हजारौं युवा विदेसिने गरे पनि कसैका सपना पूरा हुन्छन् त कसैका हुदैनन् ।

सबैलाई कर्म तथा भाग्यले पनि साथ दिदैन् । हामीलाई लाग्न सक्छ, विदेश भन्नेबितिक्कै पैसा टन्न कमाउँछन् भन्ने सोच्नु नै गलत हो । हुनसक्छ, कडा परिश्रम गर्नेले धेरैथोरै कमाउँछन् । तर, सबैलाई एकैनास हुदैन् । परदेश छिरेपछि धेरैले सोध्ने गर्छन् कहिले जाने नेपाल ? कहिले फर्कने नेपाल ? प्राय गरेर उनिहरूका सपनाहरू पुरा नहुदासम्म नेपाल फर्कने संकल्प नै गदैनन् । कसै कसैले नेपाल पनि के फर्कनु ? बाकी जीवन यतै रमाउनुपर्छ भन्दै ठुलो हिम्मतका साथ प्रदेशमा नै बस्ने निधो गर्छन् । बिदेशको रङ्गीचङ्गी र लोभलाग्दो बिकास देखेर बिस्तारै नेपाल र नेपालीपन भुल्दै जान्छन् । सुरुका एक दुई बर्ष बुढा बा आमा साथी भाई तथा आफन्त इष्टमित्रको पनि औधी यादहरू आँउछन् । त्यसपछि ती यादहरू पनि भुल्दै र हराउँदै जान्छन् । धान झुल्नु, कोदो फुल्नु, मखमली मुस्कुराउनु, सेता पहाडहरू देखिनु, हरिया फाँटहरू देखिनु,दशैं आउनु,जमरा पहेला हुनु, पिङ खेल्नुसँग परदेशी जीवन जोडिएको हुदैन् ।

न तिहारको सप्तरंगी टिकासँग जीवनको रंग जोडिएको हुन्छ । मान्छे पैसा कमाउने सपना देख्दादेख्दै जिन्दगी कहाँ छुट्छ, आफन्त कहाँ छुट्टन्, आफ्ना मान्छेहरूको साथ कहाँ छुट्छ, थाहै नहुँदो रहेछ, प्रदेशमा । प्रदेशमा लाखौ बिद्यार्थीहरूका अनगिन्ती सपना र रहरहरू छन् । सपना र भविष्य निर्माण गर्ने दौडधुपमा कसैले राम्रो अबसर र रोजगारी प्राप्त गरेका छन् भने कसैले विदेशमा साह्रै दुःख पाएका छन् । लहलहैमा विदेश जनोहरूको कथा व्यथा निकै भयाभह र पिरलाग्दो पनि छ । मानिसहरू प्रायः भन्ने गर्छन् । फलानाको छोरो पनि युरोप अमेरिकातिर जान लाएछ । भिसा आइसक्यो रे ! अब उसले पनि करौडौंको सम्पत्ति जोड्ने भयो । हाम्रा सन्तान भने गाउँमा बरालिएर हिडेका छन् । काम केही छैन्, भाङ्ग धतुरो खाएर गाँउमा हिड्न लाएपछि के गरेर जीन्दगी बिताउलान् भन्दै मेलापात र चौपारीमा बसेर तिनका अभिभावकहरू चिन्ता गर्छन् । तपाई हामीले सोचेको प्रदेश र भोगाईको प्रदेश वास्तवमा फरक छ । सबैलाई पैसा कमाउन त्यति सरल छैन् । भनिन्छ ‘केही चिज पाउन केहि चिज गुमाउनु पर्छ ।’ हेरौ ! विदेशिएका लाखौ नेपाली बिद्यार्थीहरूको सपनाहरू पनि अनगिन्ती छन् । विश्वविद्यालय स्तरको शिक्षा हासिल गर्ने, टन्न धन पैसा कमाउने, मोजमस्ती गर्ने, कालो चश्मा लाएर कार ड्राइभ गर्दे शहरमा हुइकिने, परिवारलाई बाँचुन्जेल खुशी दिने, सके विदेशमा अपार्टमेन्ट किन्ने नसके काठमाण्डौं वा अन्य देशका शहरमा भएपनि एउटा देखालो घर बनाउने, बैंक व्यालेन्स राख्ने लगायतका हजारौं सपनाहरूको कथा बोकेर नेपाली बिद्यार्थीहरूले बैदेशिक यात्रा तय गर्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?