© २०२३
बुटवल, १० जेठ । बुटवलमा सम्पन्न तेस्रो वडा अध्यक्ष कप यु–१४ टेबलटेनिस प्रतियोगिता २०८२ को उपाधि न्यू होराईजन बोर्डिङ स्कुलले चुमेको छ । बुटवल उपहानगरपालिका वडा नं ३ को सहयोगमा रुपन्देही जिल्ला टेबलटेनिस संघको आयोजनामा शनिबार भएको खेलमा १ स्वर्ण १ रजत सहित न्यू होराईजनले उपाधि चुमेको हो । यसैगरि १ स्वर्ण जित्दै गार्गी एकेडेमी दोस्रो तथा १ रजत २ कास्य पदक जित्दै दीप बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गरेको छ । यसैगरि एभरेष्ट १ कास्य र लुम्बिनी १ कास्य जित्दै चौथौ भएका छन ।
कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिष्णु प्रसाद ढकाल, वडा सदस्य पवित्रादेवि श्रेष्ठ, सदस्य अमृत खड्का, रुपन्देही जिल्ला टेबलटेनिस संघका संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, पूर्वअध्यक्ष सुरेन्द्र कुमार शाक्य, बुटवल क्रिकेट विकास समितिका सहसचिव आयुष बोगटी, वेष्ट्रन क्रिकेट एकेडेमीका अध्यक्ष भुवन पाण्डे संघका अध्यक्ष नर बहादुर क्षेत्रीले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।
कार्यक्रममा वडा अध्यक्ष बिष्णु प्रसाद ढकालले खेल गतिविधिमार्फत बुटवललाई चलायमान गर्नेमात्र नभई युवाहरुलाई प्लेटफर्म दिने गरि अभियान सफल रहेको बताए । ग्रासरुट खेलाडीलाई प्रोत्साहन गर्ने गरि खेल गतिविधिका साथै पूर्वाधार विकासमा गति लिईरहेको उनले बताए । बुटवलको चर्चित र सबैभन्दा पुरानो खेलमैदान बहुमुखी खेलमैदानलाई मरमत सम्हारलाई निरन्तर लागेको उनले बताए । मैदानलाई उपयोगी हुने गरि थप निमार्णका लागि योजना बनाउन लागेको उनले बताए ।
कार्यक्रममा संघका अध्यक्ष नर बहादुर क्षेत्रीले विगतमा संघका नेतृत्व वर्गबाट गरिएको खेल विकासको रेखालाई आफनो टिम निरन्तरता दिन सफल भएको बताए । खेलाडीको भविष्यका लागि खेलाईएको उनले बताए । उमेर समुहमा खेलाडीलाई थप हौसला बढाउने गरि आयोजना गरिएको उनले बताए । प्रतियोगिता रेकिङ गराउ मदत मिल्ने उनले बताउदै अनुसासन र नियम खेलमा महत्वपुर्ण हुने उनले बताए।खेलमा पाएको रेकिङको समयावधि ९० दिन मान्यता रहने उनले बताए । यसअघि मेयर कपको चाथौ संस्करण संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अगुवाईमा गर्न सफल भएको भन्दै यो प्रतियोगितालाई निरन्तरता दिने गरि पहल जरुरी रहेको उनले बताए । प्रतियोगितामा बुटवलका १४ वटा विद्यालयका एक सय बढी खेलाडीहरु सहभागी भएको संघका सचिव रमेश न्यौपानेले बताए ।
जिल्लाबाट छानिए ६ जना खेलाडीहरु
यसैबिच विद्यालय महासंघको आयोजना सम्पन्न भएको जिल्लस्तरीय छनौट प्रतियोगिताबाट ६ जना खेलाडीहरु छनौट भएका छन । जसमा छात्रतर्फ न्यू होराईजनका सुविन क्षेत्री, सुबिन थापा तथा दीप बोर्डिङ स्कुलका संयोग थापा तथा छात्रातर्फ गार्गी एकेडेमीकी सोनाम गुरुङ, दीप बोर्डिङ स्कुलकी परिणिता गिरी, एभरेष्ट बोर्डिङ स्कुलकी आयना शाह छनौट भएको खेल संयोजक महेश खनालले बताए । छनौट भएका खेलाडीहरुले प्रदेशस्तर प्रतियोगिता हुदै राष्ट्रिय प्रतियोगितामा भाग लिने उनले बताए ।