ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

जेठ १७ र १८ गते रुपन्देही जिल्लास्तरीय राष्ट्रपति छनौट खेल हुने

८ जेष्ठ २०८२, बिहीबार
८ जेष्ठ २०८२, बिहीबार

बुटवल, ८ जेठ । रुपन्देही जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जेठ १७ र १८ गते हुने भएको छ । १५ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१–८२ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ब्यवस्थापन तथा निर्देशन समितिको विहिबार बसेको बैठकले तिलोत्तमा नगरपालिकामा जेठ दुइ दिने प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा रुपन्देही जिल्ला खेलकुद विकास समिति बुटवलका कार्यालय सचिव चन्द्रकान्त आचार्यले कुल १२ विधाको हुने प्रतियोगितामा जिल्लाका केवल आठ पालिकाहरुले मात्र सहभागिता जनाउने बताए । ‘रुपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी सास्कृतिक नगरपालिका, सियारी, गैडहवा गाउपालिका गरि आठ पालिकामा छनौट खेल सम्पन्न गरेका छन ।’– उनले भने । बाकी आठ पालिकालाई के कति कारणले छनौट खेल खेलाउन असमर्थ भएको भनि कार्यालयबाट स्पष्टिकरणको पत्र काटेको उनले बताए ।
प्रदेशस्तरीय प्रतियोगिता जेठ २३, २४ र २५ मा दाङ गर्ने मिति तोकिसकेको हुदा पनि त्यो अघि जिल्ला छनौट गर्नुपर्ने भएको उनले बताए । प्रतियोगिता अन्तरगत एथ्लेटिक्समा (छात्र/छात्रा) गरि ३ हजार, १५००, ८००, ४००, २०० र १०० मिटर दौड, लङजम्प (छात्र/छात्रा), हाईजम्प, ज्याभलिन थ्रो, सटपुट, त्रिपलजम्प, रिले ४ बाई १००, ४ बाई ४००, कबड्डी, भलिबल, उसु, कराते, तेक्वाण्डो हुने उनले बताए ।

कार्यक्रममा आयोजक नगर खेलकुद विकास समिति तिलोत्तमाका लोक पुनले खेल गतिविधिलाई एउटा सिस्टममा लैजान जरुरी रहेको बताए । हतार र नामका लागिमात्र कार्यक्रम गर्नुभन्दा पनि खेलाडीहरुलाई प्लेटफर्म दिने गरि उत्कृष्ट प्रतियोगिता बनाउनुपर्नेमा जोड दिए । न्यून बजेटमा कार्यक्रम गर्न कठिनाई हुने भन्दै यसका लागि आवश्यक बजेट थपका लागि प्रदेश र संघबाट माग गर्नुपर्नेमा जोड दिए । आफनो पालिमा सबैभन्दा पहिले छनौट खेल सकेको भएपनि तालिकाअनुसार खेल नहुदा खेलाडीहरु निरास रहेको उनले दुखेसो गरे । जिल्लास्तरिय प्रतियोगिताको आयोजना गर्न पाउनु सौभाग्य भएको भन्दै यसका लागि कुन्जलापुर खेलमैदान, र दुर्गापुर खेलमैदानसहित अन्य ईन्डोर खेलमैदान उपयुक्त हुने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका ऋषिराम बश्याल, कालिका मानव ज्ञान माबि प्रधानाध्यापक दिनेश थापा, ईलिट बोर्डिङ स्कुलका एनबि क्षेत्री, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, वरिष्ठ प्रशिक्षक मोहन घले, रुपन्देही भलिबल संघका अध्यक्ष सुरेन्द्र शाक्य, तेक्वान्दो प्रशिक्षक प्रकाश राजभण्डारी, रुपन्देही जिल्ला एथ्लेटिक्स संघका अध्यक्ष दिनेश आचार्यसहित सुरक्षा निकायबाट सुझाव संकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?