© २०२३
बुटवल, ६ जेठ । बुटवलमा जारी ‘देवीनगर क्रिकेट प्रिमियर लिग २०८२’ मा रोयल सिद्धार्थ आफनो दोस्रो खेलमा विजयी भएको छ । “स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित लायन्स क्लब अफ बुटवल इलाईटको सहयोगमा देवीनगर क्रिकेट क्लबको आयोजनामा विहिबार भएको खेलमा प्रिन्ट हब किङलाई ५८ रनले पराजित गर्दै रोयल सिद्धार्थ विजयी भएको हो ।
देविनगरस्थित खेलमैदानमा भएको खेलमा टस जितेर प्रिन्ट हबले ब्याटिङको निँम्तो दिएपछि मैदान छिरेको रोयल सिद्धार्थले १५ ओभरमा ६ बिकेट गुमाउदै १०६ रन बनाएको थियो । उसका लागि दिपेन्द्र गौतमले २८ बलमा ४१ तथा बिपिन भट्टराईले १७ रनको योगदान दिए । मध्यम लक्ष्य पछ्याएको प्रिन्ट हब १३ ओभरमा केवल ४७ रनमा समेटियो । प्रिन्टका जगत क्षेत्रीले १३ तथा सुशिल ज्ञवालीले १४ रनबाहेक अन्य ब्याटसम्यान दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न रोयलका प्रकाश न्यौपानले शानदार ४ बिकेट लिए । उनि खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
विभिन्न संघसंस्थाहरुको सहयोगमा अक्सन प्रणालीमार्फत संचालन भएको क्रिकेट लिग प्रतियोगिता आयोजना गरेको क्लबका सचिव निर्मल ज्ञवालीले बताए । एक महिनासम्म सञ्चालन हुने प्रतियोगितामा जेके वारियर्स, रोयल सिद्धार्थ, मेगा राइनोज, र प्रिन्ट हब किङ्स चार टिम रहेको खेल संयोजक अनिल पाण्डेले बताए ।