ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

बल्ल पुग्यो ज्यामिरेमा उज्यालो

८ जेष्ठ २०८२, बिहीबार
८ जेष्ठ २०८२, बिहीबार

बुटवल, ०८ जेठ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ को ज्यामिरे गाउँमा बिजुली वत्ती पुगेपछि स्थानीय खुसी भएका छन् । नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाको पहलमा गाउँमा विद्युत लाइन बिस्तार गरी मंगलबारदेखि वत्ती बल्न सुरु भएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरको तामनगरदेखि ५ किलोमिटर उत्तरतर्फ जंगलको बीचमा रहेको ज्यामिरे गाउँमा बिजुली वत्ती पुगेपछि स्थानीय ४६ वर्षीया सुमित्रा गाहाले खुसी व्यक्त गरिन् ।

सानो बस्ती, जंगलले घेरिएको ठाउँ सधै अध्यारोँमा बस्नुपर्दा जंगली जनावरबाट आक्रमण हुने डर उत्तिकै हुन्थ्यो भने बालबालिकाहरूलाई साँझ–बिहान पढ्नका लागि पनि समस्या, गाउँको दैनिकीनै अन्धकारमा बित्दै आएको अनुभव सुनाइन् उनले । गाउँमा वत्ती पुगेपछि अब दैनिक काम काजमा सहयोग पुग्ने छ भने गाउँनै उज्यालो हुने बताउँदै खुसी व्यक्त गरिन् । गाउँमा बिजुली बत्ती नहुँदा त्यहाँका स्थानीय मोबाइल फोनको ब्याट्री चार्ज गर्नका लागि मात्रै डेढ घण्टा लामो समय पैदल यात्रा गरेर तामनगर बजारमा आउनु पर्ने बाध्यता रहेको थियो । बिजुली घरमै पुगेपछि अब उक्त समस्या पनि अन्त्य भएको बताउँदै स्थानीय नन्दबहादुर गाहाले खुसी व्यक्त गरे ।

‘पहिला हामीलाई धेरै समस्या थियो, मोबाइल चार्ज गर्न पनि दिन बिताएर बजार बस्नुपथ्र्यो । अब घरमै मोबाइल चार्ज गर्न पाइने भयो ।’–‘नन्दबहादुरले भने, बिजुली वत्ती गाउँमा आए पनि अब कुखुरा पालन, खेती किसानी सबैका लागि सहज हुने भयो । जे होस गाउँमा नसोचेको विकास भयो ।’ गाउँमा बत्ती ल्याउन भूमिका खेलेको भन्दै उनले उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेललाई समेत सम्झिए । रूपन्देही क्षेत्र नम्बर २ का जनप्रतिनिधि समेत रहेका पौडेल समक्ष आफूहरूले गुनासो सुनाएपछि चासोका साथ आफ्नो मागलाई सम्बोधन गरिएको भन्दै उनले सरकारको अनुभूति बल्ल गर्न पाइएको उल्लेख गरे । स्थानीय सुमित्रा गाहाको घरमा वत्ती बालेर उज्यालो जामिरे घोषणा गर्दै नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखाका प्रमुख कपिलराज पाण्डेयले अब रूपन्देहीमा कुनै पनि गाउँ विद्युत सेवाबाट बञ्चित नभएको उल्लेख गरे । ज्यामिरेका ६ वटा घरमा बत्ती बालिएको बताउँदै उनले प्राधिकरणको ४० लाख बढी लागतमा विद्युतीकरण भएको उल्लेख गरे ।

८६ वटा विद्युत पोलमार्फत गाउँमा बिजुली पुर्याउने काम भएको नेपाल विद्युत प्राधिकरण बुटवल वितरण कर्मचारी प्रकाश भुषालले जानकारी दिए । उनले यसका लागि निर्माण कम्पनीले समेत समयमै काम सम्पन्न गरेर साथ दिएको उल्लेख गरे । निर्माण कम्पनी सुष्मा एण्ड सृष्टी कम्पनीका सञ्चालक लेखबहादुर कार्कीले व्यवसायीक घाटा–नाफाको कुरा भन्दा पनि गाउँमा पहिलो पटक बत्ती बाल्न पाउनुनै खुसीको कुरा भएको उल्लेख गरे । ५ किलोमिटर लामो जंगल हुँदै प्रशारण लाइन बिस्तार निकै चुनौतिपूर्ण भए पनि काम सुरु गरेको करिब २ महिना भित्र बत्ती बाल्न सफल भएको उनले जानकारी दिए ।

ज्यामिरेमा बत्ती पुर्याउनका लागि सक्रिय रूपमा लागेका तामनगर राजपुत खानेपानी संस्थाका अध्यक्ष धनबहादुर राहादीले अब गाउँमा बिजुलीको प्रयोग गरी पेशा व्यवसाय गरी आर्थिक क्रियाकलापमा लाग्न सहज हुने उल्लेख गरे । तामनगर निवासी उनले ज्यामिरेलाई आफ्नै गाउँ र आफ्नै उपभोक्ता सम्झिएर सिञ्चाई, खानेपानी लगायतका काममा समेत खानेपानी संस्थाबाट सहयोग गर्दै आएको जानकारी दिए । विद्युतसँगै गाउँमा पुग्ने सडक पूर्वाधार नहुँदा गाउँमा युवाहरू नबसेर सुनसान हुँदै गएको ज्यामिरे अब व्यवस्थित बन्दै जाने उनले अपेक्षा गरे ।ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?