Butwal Today

मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षणमा जोड

६ मंसिर २०८३, आइतबार
अ
अ+
अ-
जनकपुर ।
मैथिली भाषा, साहित्य तथा मिथिलाको मौलिक कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको छ ।
जनकपुरधामस्थित विद्यापति चोकमा रहेको दुर्गा मन्दिर परिसरमा आइतबार आयोजित विद्यापति स्मृति पर्व २०८३ का अवसरमा वक्ताहरूले भाषा, साहित्य र संस्कृतिको संरक्षणले सामाजिक एकता, सद्भाव र पुस्तान्तरणलाई बलियो बनाउने बताएका हुन् ।
विद्यापति स्मृति पर्व समारोह समितिद्वारा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षणले सामाजिक एकता र सद्भाव कायम गर्न सहयोग पुग्ने बताए ।
उनले मौलिक पहिचानप्रति गर्व गर्दै त्यसलाई व्यवहारमा जीवन्त राख्न सांस्कृतिक गतिविधिको विकास र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । यस्ता गतिविधिले सांस्कृतिक जागरण र पुस्तान्तरणलाई समेत प्रोत्साहन गर्ने उनको भनाइ थियो ।
समितिका अध्यक्ष कौशलकिशोर मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका विषयमा छलफल गरिएको थियो । कार्यक्रमले महाकवि विद्यापतिको योगदानको स्मरण गर्दै मैथिली भाषा, साहित्य तथा मिथिलाको मौलिक कला र संस्कृतिको संरक्षणका लागि प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?