Butwal Today

बिजयनगरमा एकादशी मेला तथा सांस्कृतिक कार्यक्रम हुँदै

३ मंसिर २०८३, बिहीबार
अ
अ+
अ-

चन्द्रौटा ।

हरिबोधनी एकादशीको अवसरमा कपिलवस्तुको विजयनगर गाउँपालिका-१ नयाँगाउँमा मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । सगरमाथा महिला समूहको आयोजनामा मंसिर ८ गते नयाँगाउँ खेलमैदानमा कार्यक्रम हुन लागेको हो ।

स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । मेलामा विभिन्न आमा समूह, क्लब तथा संघसंस्थाले सांस्कृतिक झाँकी प्रदर्शन गर्नेछन् । स्थानीय भेषभूषा, लोकगीत तथा लोकसंगीत समेत प्रस्तुत गरिनेछ ।

आयोजकका अनुसार गायिका दीपिका बयम्बु, गायक दीपक भण्डारी र थारू गायक विष्णु चौधरीलगायत कलाकारको प्रस्तुति रहनेछ । विजयनगर गाउँपालिकाको सहआयोजनामा हुने कार्यक्रम साँझ ५ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?