Butwal Today

जेलमुक्त भएपछि एमालेको राष्ट्रिय भेलामा देखिए टोपबहादुर रायमाझी

२ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

काठमान्डौँ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका बेला ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैदमुक्त भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् ।

एमालेले आजदेखि काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा रायमाझी सहभागी भएका हुन् । उनी कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनले २५ प्रतिशत कैद छुट पाएका थिए ।

भेलामा पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने एमालेले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीलाई काठमाडौं जिल्ला अदालतले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?