Butwal Today

नेपाली सेनामा दुई सहायक रथीको जिम्मेवारी हेरफेर, राजेन्द्र श्रेष्ठ नयाँ प्रवक्ता

२ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौं । नेपाली सेनामा दुई जना सहायक रथीको जिम्मेवारी हेरफेर गरिएको छ। प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई आफ्नो सचिवालयमा सरुवा गरेका छन्। १७ महिनादेखि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा सैनिक सहायकको जिम्मेवारी दिइएको हो।

यसअघि सैनिक सहायकको जिम्मेवारीमा रहेका पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएपछि उक्त पद रिक्त थियो। बस्नेतको सरुवासँगै सहायक रथी राजेन्द्र श्रेष्ठलाई नेपाली सेनाको नयाँ प्रवक्ताको जिम्मेवारी दिइएको छ। यसअघि सोध तथा विकास विभागमा कार्यरत श्रेष्ठले बिहीबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन्। बस्नेतले पनि बिहीबार नै श्रेष्ठलाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम तय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?