© 2026
काठमाडौँ । पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकारको जवाफदेहितामाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह बालेन स्वयं सामाजिक सञ्जालको बहसमा जोडिएका छन् ।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले आइतबार फेसबुकमा २८ जना पत्रकारको सूचीलाई लिएर व्यङ्ग्यात्मक टिप्पणी गरेपछि प्रधानमन्त्री बालेनले पनि त्यसमा प्रतिक्रिया दिएका हुन् ।
बेनले पत्रकारहरूलाई मेन्सन गर्दै लेखेका थिए, ‘यो २८ जना पत्रकारमा को–को पर्या हो रु २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो।’उनको उक्त पोस्टमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री बालेनले लेखेका छन्, ‘कुपण्डोल जाने मात्र पत्रकार, अरू कलाकार।’
पत्रकार पक्राउको घटनापछि सञ्चारमाध्यम र पत्रकारमाथि प्रहरीको धरपकडबारे सरकारसँग जवाफ मागिँदै आएको छ । यही पृष्ठभूमिमा प्रधानमन्त्री र उनका प्रमुख सल्लाहकारका व्यङ्ग्यात्मक टिप्पणी सार्वजनिक भएपछि विवाद थप चर्किने देखिएको छ ।संविधानको धारा १९ ले सञ्चारको हक सुनिश्चित गरेको छ । त्यस्तै, सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले समाचारको स्रोत गोप्य राख्न पाउने व्यवस्थासमेत गरेको छ । यस्तो अवस्थामा पत्रकार पक्राउ प्रकरणबारे सरकारको धारणा र जिम्मेवारीलाई लिएर बहस सरु भएको छ ।