Butwal Today

 दसै मनाउनका लागि २ करोड खुसार्नीको २ करोड किसानलाई 

३ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

पाल्पा ।  रिब्दीकोट गाउपालिकामा व्यवसायीक अकबरे खुर्सानी खेति गरेका कृषकहरुले दसै मनाउनका लागि साहुको घर ऋण लिन जान नपर्ने भएको छ । खुर्सानी खेति गरेको कृषकहरुले खुर्सानीको बिक्री वापत रकम प्रर्याप्त मात्रामा हात पारेका कारण  ऋण मुक्त दसै मनाउन लागेका हुन् ।

रिब्दीकोट गाउपालिकाका कृषकहरुको लागि मुख्य नदगे वाली बनेको अकबरे खुर्सानीका कारण ऋण मुक्तमात्र नभई यहाका कृषकहरुको दैनिकी जीवन स्तरमा समेत स्तर उन्नति भएको फेकका  कृषक डिल बहादुर लम्तरी बताउँछन् । स्थानिय रकमले अकबरे खुर्सानीको माध्यम बाट जनताको जन जीवनमा परिवर्तन ल्याउनका लागि सात वर्ष अगाडि देखि सुरुवात गरेका थिए ।

फलफुल तथा अन्न वाली लगाउदा वन्य जन्तु बाट जोगाउनकठिन  भएका कारण खेति योग्य जमिन बाझिएको थियो । जब स्थानिय सरकारले अबकरे खुर्सानीको व्यवसायीक खेतीका लागि अनुदान बाट उत्पादन मात्र नभई उत्पादित बस्तुको बजारीकरणका लागि जोड दिएपछि गाउपालिकाको पहिचान संगै परिचय बदलिएको कुसुमखोलाका कृषक राम बहादुर घर्ती बताउँछन् । जसले व्यवसायीक रुपमा खेति गरेको छ त्यसले वार्षिक रुपमा न्युनतम ५ लाख रुपैया भन्दा बढि हात पारेको उनी बताउँछन् ।

स्थानिय सरकारले खुर्सानीको प्रवद्र्धन गर्ने कार्यक्रमलाई कार्यन्वयन गर्न लागेपछि अब गाउपालिकामा बाझो जमिन कमै छ । यो पेशा तथा व्यवसाय बाट पुरुषको तुलनामा महिलाहरु बढि लाभान्वित भएका छन् । बस्ती बस्ती बाट संकलित बस्तु खस्यौलीको हार्थोकमा रहेको मुख्य संकलन केन्द्र बाट रुपन्देही कास्की पुर्वको  झापा र कहिले काही काठमाडौ सम्म पुग्ने गरेको छ । स्थानिय कृषक सिता नेपाली भन्दछिन्  पहिले पहिले दसै जस्तो पर्व पनि किन आए होला जस्तो लाग्दथियो गरिवीका कारण । जब बारीमा खुर्सानी लगाइयो तब दिन फर्कीए जस्तो भयो । यही पेशा बाट घर खर्च देखि छोरा छोरीको पढाई लेखाई खर्च मेलो पर्व समेत राम्रो संग मनाउन सकिने भएको छ । पुराना दिनको तुलना गर्दा कहिले काही त सपना जस्तै लाग्ने गरेको उनी बताउछिन् ।यस पटक पनि दसैका लागि ४० हजार रुपैया हात परेको उनीले बताइन् ।

भैरवस्थानका एक स्थानिय अगुवा कृषक भन्दछन् । विगत देखि नै राम्रो भएको थियो गत वर्ष हेफर इन्टर नेशनलको साझेदार सस्था ग्रामिण आर्थिक विकास सघं रेडा सघंले वितरण गरेको बिउ बाट उत्पादित फल असोभाविक रुपमा फल ठुलो भएका कारण एक किलोमा पचास रुपैया नोक्सान बेर्हन परेको उनले गुनासो गरे । गाउपालिकाको कार्यक्रम तथा लगानी भए पनि खुर्सानीको कार्यक्रम संघले गरेको हो । बिउ देखि मल्ची∙ सम्म गलत परेका कारण यस पटक किसानह्रुले खुर्सानी खेति बाट अपेक्षा गरे अनुसार फाइदा लिन सकेका छैनन् । उनले भने

रिब्दीकोट गाउपालिकाको आर्थिक लगानी कृषि ज्ञान केन्द्र, राष्टिय कृषि आधुनिकीकरण परियोजनाको प्राविधीक सहयोगका कारण व्यवसायीक रुपमा खुर्सानी खेतिको थालनी भएपछिको प्रभावका कारण रैनादेवी छहरा गाउपालिका र गुल्मीको धुर्कोट  सम्म व्यवसायीक रुपमा खुर्सानी खेतिको सुरुवात भएको गाउपालिकाका पुर्व अध्यक्ष नारायण बहादुर जि.सी बताउँछन् ।

गाउपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र सिह धामी भन्दछन् खुर्सानी खेतिमा गाउपालिकाका ४ हजार कृषक परिवार जोडिएका छन् । गत वर्ष दस करोड भन्दा बढि रकम भित्रिएको थियो । यस पटक प िनगत वर्षको तुलनामा बढि हुनेछ । समस्या ग्रामिण आर्थिक विकास संघले वितरण गरेको बिउमा नआएके भए अझ धेरै हुनेथियो । बिउका कारण यहाका कृषकहरुले उत्पादित वस्तुलाई कम मुल्यमा बिक्री गर्नु परेको छ बजेट गाउपािलकाको कार्यक्रम गैह्र सरकारी सस्थाको हुदा समस्या भएको हो ।

भैरव स्थानका कृषक बिष्णु कार्की पनि यस पटक बिउका कारण कम मुल्यमा प्रति के.जी १ सय ५० रुपैयामा बिक्री गरेको भए पनि राम्रो पैसा हात परेको बताउँछन् । खुर्सानी खेति गरेको कृषकलाई २ , ४ पैसाको समस्या भएन । अन्य खेतिको तुलनामा वन्य जन्तु बाट क्षती नहुने भएको र यस वर्ष सानो अकबरे खुर्सानी २ सय रुपैया प्रति किलोमा बिक्री भएको उनी बताउँछन् ।

 

अगुवा कृषक तथा अकबरे खुर्सानी संकलन कर्ता जनक आचार्य भन्दछन् यस वर्षको दसैका लागि कृषकहरुलाई २ करोड रुपैया भुक्तानी भएको छ । यस वर्षको यो समयमा सानो २ सय , ठुलो १ सय ५० रुपैयामा प्रति के.जीमा खरिद भएको छ । अकबरे खुर्सानीको राम्रो पििहचान बनेको छ यहा यसैका कारण पछिल्लो समयमा बसाइ सराइ पनि कम भएको छ । यो वाली बहु वर्षिय भएको र वन्य जन्तुले पनि हानी नोक्सानी नगर्ने भएका कारण कृषकहरुको आर्कषण बढेको हो । उत्पादित बस्तुको बजारिकरणका लागि कृषकहरुले तनाव लिन नपर्ने भएकोले कृषकहरु अबकरे खुर्सानी तर्फ लागीपरेका हुन् उनले भने ।

कृषकहरुले उत्पादन गरेको खुर्सानीलाई विभिधी करण गर्न तर्फ तिन वटा सरकारले समन्वय गरी पहल गरेको खण्डमा थप सहयोग पुग्ने र स्थानिय तहमा रोजगारको वातावरण सृजना हुने स्थानिय कृषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?