Butwal Today

हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

३ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

झापा । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजबंशीको मृत्यु भएको हो ।

प्रातकालीन पदयात्रामा रहेको अवस्थामा उनीहरुलाई बिरिङ खोला नजिक दुईवटा जंगली हात्तीले बिहान ५ः३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए। उनका अनुसार घाइते खातुनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो भने राजबंशीको उपचारको क्रममा विर्तामोडको बीएन्डसी अस्पतालमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?