Butwal Today

ट्राफिक प्रहरी प्रमुख ढकाल सम्मानित

१ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

चन्द्रौटा ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकाल सम्मानित भएका छन् । प्रहरी सेवामार्फत सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन र जनचेतना अभिवृद्धिमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई प्रशंसापत्र प्रदान गरिएको हो ।

प्रहरी दिवसका अवसरमा शुक्रवार भएको कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले निरीक्षक ढकाललाई प्रशंसापत्रसहित सम्मान गरिएको हो ।

कपिलवस्तुको नेतृत्व सम्हालेपछि ढकालले ट्राफिक नियम पालना गराउन, सवारी दुर्घटना न्यूनीकरण गर्न तथा चालक र यात्रुलाई सचेत गराउनेजस्ता अभियानलाई उनी प्राथमिकता दिँदै आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?