© 2026
चन्द्रौटा ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–५, नैरङियामा आगलागी हुँदा चार गोठ जलेर नष्ट भएका छन् । आगलागीमा परी एउटा पशुचौपाया जलेर मरेको छ भने तीनवटा घाइते भएका छन् ।
प्रहरीका अनुसार शनिबार राति करिब ११ बजे भएको आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
लामखुट्टे भगाउन धुवाँ लगाउनका लागि बालिएको आगो सल्किएपछि आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको सूचना पाएलगत्तै कृष्णनगरबाट दमकल घटनास्थल पुगेको थियो । दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
आगलागीबाट गोठमा रहेका पशुचौपायामा समेत क्षति पुगेको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।