© 2026
खोटाङ । सिन्धुलीको सुनकोसी नदीमा सुमो खस्दा बेपत्ता भएका तीन जनाको खोजीका लागि गोताखोरसहितको टोली परिचालन गरिएको छ ।
काठमाडौंबाट खोटाङतर्फ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो आइतबार बिहान करिब २स्३० बजे सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको थियो ।
दुर्घटनामा तीन महिलाको मृत्यु भएको छ भने चालकसहित चार जना घाइते भएका छन् । चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन् ।
बेपत्ताको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा टोली परिचालन गरिएको छ ।
संयुक्त टोलीले बेपत्ताको खोजी तथा उद्धार कार्य गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण तथा मृतक र बेपत्ताको पहिचानबारे थप विवरण आउन बाँकी छ ।