© 2026
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। मधेस प्रदेशमा सरकार गठनको दाबी गर्दै अध्यक्ष यादव शनिबार भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका हुन्। मधेस प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लिएपछि जसपा नेपालका अध्यक्ष यादवको राजनीतिक सक्रियता बढेको छ। मधेस प्रदेशसभामा जसपा नेपाल सबैभन्दा ठूलो दल हो।
प्रदेशमा नयाँ सरकार गठन र राजनीतिक समीकरण निर्माणका लागि अध्यक्ष यादवले शीर्ष नेताहरूसँगको संवादलाई तीव्रता दिएका छन्। यसैक्रममा उनले शनिबार नै नेपाली कांग्रेसका सभापति गगन थापासँग पनि भेटवार्ता गरेका थिए।मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूबीच छलफल र राजनीतिक भेटघाट तीव्र बनेको छ।