Butwal Today

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

३१ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

काठमाडौँ । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले उनलाई शनिबार ललितपुरबाट नियन्त्रणमा लिएको हो। प्रहरीका एक उच्च अधिकृतका अनुसार भट्टलाई नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।

इनाम सापकोटासँगको कारोबार तथा सम्बन्धबारे अनुसन्धान गर्ने क्रममा भट्टलाई नियन्त्रणमा लिइएको बताइएको छ।पक्राउ परेका भट्टलाई हाल जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। यस घटनाबारे प्रहरीले थप विवरण सार्वजनिक गरिसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?