Butwal Today

प्रचण्डले हस्तान्तरण गरे २१ अस्थायी आवास

२७ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

नुवाकोट । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकाका बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्। मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा आयोजित कार्यक्रममा प्रचण्डले प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गरेका हुन्। दुई कोठा र शौचालयसहित निर्माण गरिएका प्रत्येक आवासमा करिब चार लाख रुपैयाँ खर्च भएको वाईसीएलले जनाएको छ।

कार्यक्रममा प्रचण्डले जलवायु परिवर्तन र विकासको गलत मोडलका कारण नेपालले प्राकृतिक विपत्तिको असर भोग्नुपरेको बताए। उनले प्रभावित परिवारका लागि आवास निर्माणमा खटिएको वाईसीएललाई धन्यवादसमेत दिए। घर पाएपछि प्रभावित परिवारले खुसी व्यक्त गरेका छन्। बाढीले घरमा क्षति पुर्‍याएका बेलकोटगढी–७ का श्रीकृष्ण नेपालले नयाँ आवासलाई आफ्नो ‘सिंहदरबार’को संज्ञा दिए।

वाईसीएलका अनुसार राहत, उद्धार, सरसफाइ तथा पुनःस्थापनाका काममा ६ सयभन्दा बढी नेता तथा कार्यकर्ता परिचालित भएका थिए। संगठनले प्रभावित क्षेत्रमा राहत सामग्री वितरण र सुरक्षित आवास निर्माण अभियानलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?