नवलपरासी /काठमाडौ ।
नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले पार्टीबाट विभिन्न कारणले बाहिरिएका नेता–कार्यकर्तालाई पुनः कांग्रेसमा फर्काउने र पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको बताएका छ्न ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदमा उम्मेदवारी दिएका कँडेलले पार्टीलाई एकताबद्ध र बलियो बनाउन सबै तहका नेता–कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्ने बताए ।
काङ्ग्रेसको १५ औं महाधिवेशनमा सह-महामन्त्रीमा उम्मेदवारी दिएका कन्डेलले मतदाता सग भोट माग्ने क्रममा कांग्रेसभित्र देखिएको गुटगत विभाजनले पार्टीको संगठन र कार्यकर्तामा असर परेको भन्दै त्यसको अन्त्य गर्दै काङ्ग्रेसलाई एक बनाउन आफ्नो प्राथमिकता रहेको उल्लेख गरे ।
कँडेलले कांग्रेसबाट टाढिएका नेता तथा कार्यकर्तालाई सम्मानपूर्वक पार्टीमा फर्काउने वातावरण निर्माण गर्ने र पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छ्न ।
कँडेल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छ्न । उनि २०५६ र २०५८ सालमा दुई पटक गृहराज्यमन्त्री बनेका थिए । उनले एक पटक जिल्ला पार्टी सभापतिकोजिम्मेवारीसमेत सम्हालिसकेका छ्न ।”मैले माओबादीको शसस्त्र द्वन्दमा गृहराज्यमन्त्रीको रुपमा उनिहरुलाई समेटेर देशमा सबैलाई एक बनाउने भूमिका समेत निर्वाह गर्ने अवसर प्राप्त गरे अब अहिले मेरो लक्ष्य जसरी हुन्छ काङ्ग्रेस एक बनाउने हो,हिजो खुम बहादुर जिले जसरी सबै कार्यकर्तालाई एक बनाउन भुमिका खेल्नु हुन्थ्यो त्यसरी नै म अघि बढ्न चाहान्छु”कन्डेलले भने ।
कँडेल कांग्रेसको १३औँ र १४औँ महाधिवेशनबाट दुई पटक केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।