© 2026
बाणगंगा ।
बाणगंगा नगरपालिका–४ चार नम्बर चोकमा ‘डिजायर फेसन’ सञ्चालनमा आएको छ । स्थानीय उपभोक्तालाई सुपथ मूल्यमा विभिन्न प्रकारका कपडा उपलब्ध गराउने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याएको सञ्चालक विष्णु खरेलले बताए ।
फेसनको उद्घाटन मनकामना गुरुकुलका बटुकहरूले स्वस्ति वाचन गरेपछि खरेलका बुवाले रिबन काटेर गरेका थिए ।

डिजायर फेसनमा विशेष गरी लेडिज, जेन्स तथा बालबालिकाका विभिन्न किसिमका कपडा सुपथ मूल्यमा उपलब्ध हुने युवा व्यवसायी विष्णु खरेलले बताए । दसैँ तथा उद्घाटनको अवसरमा २ हजार रुपैयाँभन्दा माथिको कपडा खरिद गर्ने ग्राहकलाई ५ हजार रुपैयाँको चिट्ठा योजनामा सहभागी गराइने उनले जानकारी दिए । साथै, दसैँ–तिहारलाई लक्षित गरी विभिन्न अफरसमेत राखिएको छ । व्यवसायी खरेलले पछिल्लो समय रोजगारीको अवसरको खोजीमा युवाहरू बिदेसिने क्रम बढिरहेको भए पनि आफूले भने जे गर्नुपर्छ, आफ्नै देशमा गर्नुपर्छ भन्ने उद्देश्यका साथ व्यवसाय सञ्चालनमा ल्याएको बताए ।
आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सोचका साथ सुरु गरिएको व्यवसायलाई आगामी दिनमा थप विस्तार गर्ने उनको भनाइ छ । उनले डिजायर फेसनलाई कपिलवस्तुकै सस्तो कपडा पसलको हब बनाउने लक्ष्य रहेको बताए । ग्राहकको आवश्यकता र बजेटलाई ध्यानमा राख्दै विभिन्न उमेर समूहका लागि आवश्यक कपडाहरू एउटै स्थानबाट सुपथ मूल्यमा उपलब्ध गराउने उनको भनाइ छ ।
दसैँ नजिकिँदै गर्दा नयाँ कपडा खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ल्याइएको विशेष अफर र चिट्ठा योजनाले पसलप्रति उपभोक्ताको आकर्षण बढाउने अपेक्षा गरिएको छ । चार नम्बर चोकमा रहेको डिजायर फेसनले सस्तो मूल्य, विविध कपडा र आकर्षक अफरमार्फत स्थानीय बजारमा आफ्नो पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ ।