Butwal Today

सिए पदम भट्टराई कांग्रेस केन्द्रीय सदस्यमा उठ्ने

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

बुटवल ।

चार्टर एकाउन्टेन्ट पदम भट्टराईले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

उनले पेसागत विषय विशेषज्ञ क्लस्टरबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् । २०७८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका भट्टराई कांग्रेसको १४औं महाधिवेशनमा महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि बनेका थिए ।

२०८० सालमा उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा पुनः मनोनित भएका थिए । हाल उनी नेपाली कांग्रेसको लेखा समिति सदस्य छन् । गुल्मीको मदाने ३ सिर्सेनि सिममा जन्मिएका पदमले वाग्लाको भगवती माविबाट आधारभूत शिक्षा हासिल गर्नुका साथै उनले सदरमुकाम तम्घासको अर्जुन बोर्डिङ्गबाट एसएलसी उतिर्ण गरेका हुन् ।

२०६४ सालमा राजधानी छिरेका पदमले त्यहाँबाट उच्च शिक्षा हासिलको सुरुवात गर्दै भारतबाट चार्टर एकाउन्टेन्ट उत्तिर्ण गरेका हुन् । उनले सीए नेपाल बिधार्थी संघ नयाँ दिल्लीको सस्थापक अध्यक्ष भएर बिधार्थी राजनीतिको शुरुवात गरेका हुन् ।

उनी केन्द्रीय सदस्यमा निर्वाचित भएमा चार्टर एकाउन्टेन्टबाट निर्वाचित पहिलो केन्द्रीय सदस्य हुनेछन् । अहिलेसम्म कुनैपनि पार्टीमा यो बिधाका (सिए ) युवा निर्वाचित केन्द्रीय सदस्य भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?