Butwal Today

सुनचाँदीको मूल्य बढ्यो

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौँ ।

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० र चाँदीको मूल्य रु ३० बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९५ कायम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?