Butwal Today

बाढीबाट प्रभावित पत्रकार परिवारलाई महासङ्घको तत्काल रु १ लाख सहयोग

३ आश्विन २०८३, शनिबार
अ+
अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले भोटेकोसी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई तत्काल राहत तथा सहयोग स्वरूप रु १ / १ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

महासङ्घले बाढीमा परेका नयाँ पत्रिका शाखाका सदस्य तथा महासङ्घका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्तपुर शाखाका पूर्व सल्लाहकार शेखर ढुङ्गाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवारलाई जनही रु १ लाख उपलब्ध गराउने भएको हो । पत्रकार थामीको आजै कुशको शव बनाइ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

यस्तै, परिवार तथा घर बाससमेत गुमाउनुभएका रसुवा शाखाका सदस्य निराजन पौडेललाई रु १ लाख आर्थिक सहयोग उपलब्ध गराइने भएको छ ।

महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा अन्य प्रभावित पत्रकार र सञ्चारमाध्यमका सवालमा महासङ्घका सम्बन्धित जिल्ला शाखामार्फत प्राप्त हुने क्षतिको तथ्याङ्क विवरण र आवश्यकताका आधारमा मापदण्ड तयार पारी सोहीअनुसार सहायता वितरण गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?