Butwal Today

कार्कीको १७ दिन पछि राम्दीमा अन्त्यष्टी

२८ भाद्र २०८३, आइतबार
अ+
अ-

पाल्पा ।

भोटेकोशीमा आएको महाबिनासकारी बाढीका कारण बेपत्ता भएकी निलम कार्कीको १७ दिन पछि राम्दीमा कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

तानसेन नगरको लामडाडाकी कार्की  लाङटाङ राष्ट्रिय निकुञ्जमा वन प्राविधिकका रूपमा कार्यरत थिइन् । उनको शव नभेटिए पछि परिवार तथा आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।

खोलामा बाढी आएपछि सम्पर्कविहीन भएकी कार्कीको खोजीमा परिवारका आफन्त बाढी प्रवाह क्षेत्र सहित सम्भावित स्थानमा पुगे पनि उनको अवस्थाबारे कुनै जानकारी पाउन नसके पछि १७ दिन पछि अत्यन्तै पिडादायी निर्णयमा पुगेको परिवारका आफन्त बत्ताउँछन् । बाढीका कारण यहाँका १२ जना बेपत्ता भएका मध्य १ जनाको मात्र पहिचान भएको शव भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?