Butwal Today

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

१९ भाद्र २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ ।

उद्धार तथा विपद् राहत प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो सूचना आदानप्रदान गरिने नेपालस्थित चिनियाँ दूतावासले जनाएको हो । आदानप्रदान गरिने सूचनामा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी विवरणसमेत समेटिनेछन् ।

चीनको मौसमसम्बन्धी निकायले चीन–नेपाल केरुङ–रसुवा सीमा क्षेत्रमा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा मौसमजन्य प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

विपद् घटेलगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको थियो । साथै, नेपालको उद्धार तथा राहत कार्यमा आवश्यक मौसमसम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको दूतावासले जनाएको छ ।

तस्बिरः नेपालस्थित चिनियाँ दूतावास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?