Butwal Today

एसीसी पुरुष प्रिमियर कपः नेपालसामु मलेसियाको झिनो लक्ष्य

१८ भाद्र २०८३, बिहीबार
अ+
अ-

बर्दघाट । मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालसामु मलेसियाले १ सय ४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया ३२ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमा समेटिएको हो । मलेसियालाई सस्तैमा समेट्न नेपालका करण केसीले उत्कृष्ट बलिङ गरे । उनले ७ दशमलव ३ ओभरमा २ मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए ।

यस्तै, ललित राजवंशीले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए । मलेसियाका लागि कप्तान सैयद अजिजले सर्वाधिक ३० रन बनाए । अकिल वाहिदले २४, विरनदीप सिंहले १४ तथा मोहम्मद सहातले १३ रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालले यसअघि बहराइनविरुद्ध ७ विकेटको जित निकालेको थियो । मलेसियाले दिएको १ सय ४ रनको लक्ष्य पूरा गर्दै नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?