Butwal Today

भोटेकोसी बाढी : पूर्वी नवलपरासीमा १६८ शव फेला, ९ जनाको सनाखत

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

भोटेकोसीमा आएको भीषण बाढीमा परेका १६८ जनाको शव पूर्वी नवलपरासीमा फेला परेको छ । पूर्वी नवलपरासीमा फेला परेका शवमध्ये हालसम्म ९ जनाको मात्र सनाखत भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका एसपी रमेश पण्डितले जानकारी दिए ।

नारायणी नदी किनारमा ५२ वटा मानव अङ्गसमेत फेला परेका छन् । खुट्टा, हात, तिघ्रा र केहीको टाउको मात्र फेला परेको प्रहरीले जनाएको छ ।

शव व्यवस्थापनमा समस्या भएपछि स्थानीय प्रशासनले ट्याग लगाएर १०० वटा शव गाडेर व्यवस्थापन गरिरहेको छ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–१ का यादव भण्डारीको शव परिवारका सदस्यले पहिचान गरेका छन् ।

त्यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ का उद्धव खड्का, धादिङको खनियाँबासका सन्जोग घर्तीमगर, अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ का नारायणबहादुर थापा, हेटौँडा–१५ का सुमन गोले र नुवाकोटको विदुर नगरपालिका–७ की शारदा ढकालको पनि सनाखत भएको छ ।

गोरखाको पालुङटार नगरपालिका–५ की कमला देवकोटा, चितवनको माडी नगरपालिका–७ का विमल काफ्ले र गोरखाको पालुङटारकी सुजाता कौरालको शवसमेत सनाखत भएको प्रहरीले जनाएको छ ।

सनाखत भएका शवहरू आफन्तको जिम्मा लगाइएको एसपी पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?