Butwal Today

भोटेकोशी बाढी: पाल्पामा ८ जनाको शव ल्याइयो

१३ भाद्र २०८३, शनिबार
अ+
अ-

पाल्पा । गत बुधबार भोटेकोसीमा आएको महा विनाशकारी बाढीका कारण मृत्यु भएका आठ जनाको शव पाल्पा ल्याइएको प्रहरीले जनाएको छ ।

पाल्पा ल्याइएका शवको पहिचान भने खुल्न सकेको छैन । चितवन, पोखरालगायतका अस्पताल तथा शव गृहमा शव व्यवस्थापन गर्न कठिन भएपछि ती शव पाल्पा ल्याइएको प्रहरीले जनाएको हो ।

पाल्पा ल्याइएका शवमध्ये चार वटा तानसेनस्थित पाल्पा अस्पतालमा, दुई वटा मिसन अस्पतालमा र दुई वटा लुम्बिनी मेडिकल कलेजमा राखिएको प्रहरीले जनाएको छ ।

बाढीका कारण १२ जना परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । सम्पर्कविहीन हुनेमध्ये अधिकांश रसुवा जिल्लाका विद्युत् गृहमा कार्यरत कर्मचारी रहेका छन् ।

त्यस्तै, निकुञ्जमा कार्यरत एक जना कर्मचारी, दुई जना प्रहरी र निर्माण क्षेत्रमा काम गर्ने दुई जना व्यवसायीसमेत सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?