© 2026
पाल्पा । बुधबार रसुवा तथा भोटेकोसीमा आएको अचानक बाढीका कारण अहिले सम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएका मध्य हाइडोपावर कम्पनीमा कार्यरत कर्मचारी धेरै भएको जिल्ला प्रशाशन कार्यालयले जारी गरेको सुचनामा जनाइएको छ । जिल्ला प्रशाशन कार्यालयले स्थानिय तहका विपद व्यवस्थपन समितीको साहारामा जिल्लाको तथ्थाकं संकलन गरेको र सुचना आउने क्रम जारी रहेको जनाएको छ । बिहीबार बेलुका सम्म ९ जनाको विवरण प्राप्त मध्य ६ जना रसुवाको विभिन्न विद्युत गृहमा सुपरवाइजर देखि सवारी चालक सम्मका व्यक्ती बाढी पछिको समयमा सम्पर्कमा नआएको उल्लेख छ । यसैगरी नेपाल प्रहरी , ससस्त्र प्रहरी , लाङटाङ निकुञ्जमा कार्यरत रेन्जर , रसुवा क्षेत्रमा निर्माण व्यवसायको काम गर्ने सम्मका रहेका छन् ।
सम्पर्क बिहीन मध्य रसुवा हाइड्रोपावरमा टिप्पर चालक रिब्दीकोट गाउपालिका भैरवस्थानका वर्ष ३५का बिकास नेपाल ,रिब्दीकोट कुसुमखोला का वर्ष नखुलेका रसुवागढी हाइड्रोपावरमा काम गर्ने कृष्ण बहादुर बस्याल हाइड्रोपावरमा मेकानिकल सुपरवाइजर पदमा कार्यरत तिनाउ गाउपालिका भ्mयाङलाका ३५ वर्षका रमेश थापा , वगनासकाली गाउपालिका दर्लामडाडाका वर्ष नखुलेको किशोर न्यौपाने क्षेत्री , तानसेन नगर ३ को वर्ष नखुलेको अपर त्रिशुली हाइड्रोपावरमा कार्यरत तिलक राना , निस्दी गाउपालिका ३ का उमेर नखुलेको सवारीचालक यम बहादुर सोमै रहेका छन् ।
यसै गरी बाढी तथा पहिरोको समय पछि परिवार तथा आफन्त संग सम्पर्क बिहीन भएका लाङटाङ राष्टिय निकुंजमा रेन्जर पदमा कार्यरत तानसेन लामडाडाकी वर्ष ३५ को निलम कार्की नेपाल प्रहरीको सहायक हवल्दार पदमा रसुवामा कार्यरत दिपेन्द्र विष्ट , ससस्त्र प्रहरी बल रसुवामा कार्यरत वर्ष २६का रैनादेवी छहरा गाउपालिका सिदेश्वरका अन बहादुर कुमाल रहेकाछन् । यसै गरी रामपुर नगरमा बसोबास गरेका रसुवामा निर्माण व्यवसायीमा कार्यरत राम बहादुर सोती र उनका छोरा अमृत सोतीको खोजीका लागि सामाजिक संजाल मार्फत परिवारले आग्रह गरेका छन् ।