© 2026
चन्द्रौटा । गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा कपिलवस्तुमा दीप प्रज्वलन गरिएको छ । बाराको सिमरामा तीन वर्षीय चौधरीको हत्याको विरोधमा चन्द्रौटा चोकमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको हो । शिवराज नगरपालिकाका स्थानीयको सक्रियतामा आयोजित दीप प्रज्वलनमा सहभागीले बालिका हत्याको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।
उनीहरूले बालबालिकामाथि हुने हिंसा र अपराध रोक्न राज्यले प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्ने आग्रह समेत गरेका छन् । दीप प्रज्वलन मार्फत मृतक बालिका गरिमाप्रति श्रद्धाञ्जली समेत अर्पण गरिएको थियो ।