© 2026
चन्द्रौटा। कपिलवस्तुमा प्रहरीले ब्राउन सुगर र गाँजासहित चार जनालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका (६ गणेशपुरबाट ५ सय मिलिग्राम ब्राउन सुगर, ६ हजार रुपैयाँ र मोबाइलसहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा शिवराज नगरपालिका(८ का २२ बर्षीय अर्जुन सुनार, १९ बर्षीय गौतम सुनार र कृष्णनगरका १६ वर्षीय शैलेन्द्र सिंह यादव छन् ।
यस्तै, कपिलवस्तु नगरपालिका(४ सिकोटवाबाट १ सय ३० ग्राम गाँजासहित ५३ बर्षीय तारा तेली पक्राउ परेकी छन् । पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।