© 2026
जकार्ता । इन्डोनेसियाको बालीस्थित पर्यटकीय टापु नजिकै यात्रुवाहक डुङ्गामा आगलागी हुँदा एक जनाको मृत्यु हुनुका सथै २११ जनालाई सकुशल उद्धार गर्न सफल भएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन् ।
आधिकारिक रिपोर्टअनुसार आगलागीको घटनामा एकजना इन्डोनेसियाली महिलाको मृत्यु भएको पुष्टि भएको छ । डुङ्गा बालीबाट लोम्बोक टापु जाने क्रममा स्थानीय समयअनुसार बुधबार बिहान ४ः१५ आगलागी भएको जनाइएको छ । राष्ट्रिय खोजी र उद्धार एजेन्सी, इन्डोनेसियाली नौसेना, समुद्री प्रहरी र सामुद्रिक जहाजहरू र उद्धारकर्ताहरूले सकुशल उद्धार गरिएका मानिसहरूलाई बाली र लोम्बोक बन्दरगाहहरूमा लगेको जनाइएको छ ।
स्थानीय अधिकारीहरूको डुङ्गामा फसेका मानिसहरूको निकासी सुरक्षित र सहजरूपमा सम्पन्न भएको रिपोर्टले गरेका छन् । प्रारम्भिक रेकर्ड र जहाजमा रहेका मानिसहरूको वास्तविक सङ्ख्याबिच भिन्नता देखा परेको प्रष्ट पारिएको छ । डुङ्गामा १७ जना चालक दलका सदस्यसहित १३१ जनालाई सूचीबद्ध गरिएको थियो । अधिकारीहरूले हाल घटनाको समयमा थप दर्ता नभएका यात्रुहरू डुङ्गामा रहेकोसमेत पुष्टि गरेका छन् ।
लेम्बर पोर्ट प्राधिकरणको सहयोगमा इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिले आगलागीको कारण बारे अनुसन्धान सुरु गरेको छ भने सवारी साधन र कार्गोलगायत भौतिक नोक्सानको मूल्याङ्कन जारी छ । रासस