© 2026
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी भेन्युमा हुने भएको छ। भेला आगामी साउन २९ देखि ३१ गतेसम्म तीन दिन सञ्चालन हुने भएको हो।
भेलाका लागि पर्याप्त क्षमताको अन्य उपयुक्त स्थान उपलब्ध नभएपछि सुकेधारास्थित मिराकल पार्टी भेन्यु छनोट गरिएको आयोजक समितिमा रहेका एक नेताले जानकारी दिए। अन्त ठाउँ नै मिलेन। ठूलो ठाउँ चाहियो। त्यसैले मिराकलमै कार्यक्रम हुने भयो,’ ती नेताले भने।
तीन दिनसम्म चल्ने भेलामा कांग्रेसको संस्थापन इतर समूहका नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ। भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठनात्मक गतिविधि, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल हुने आयोजक पक्षले जनाएको छ।
इतर समूहले भेलाका लागि आवश्यक तयारीलाई तीव्रता दिएको छ। भेलालाई पार्टीको आन्तरिक अवस्था समीक्षा गर्दै आगामी राजनीतिक दिशाबारे साझा धारणा बनाउने अवसरका रूपमा हेरिएको छ।