Butwal Today

आज सुनको मूल्य बढ्यो

२६ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।

स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु ६ हजार ४ सयले बढेको छ भने चाँदी रु १ सय १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख ७ हजार ९ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ७ सय ८० कायम भएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला रु ३ लाख १ हजार ५ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ६ सय ७० कायम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?